काठमाण्डौ / सदावहार अभिनेता भुवन केसीलाई भिलेनको रुपमा पनि देख्न पाइने भएको छ। कार्तिकको २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’ मा उनी भिलेनको रुपमा देखिन लागेका हुन्।

चलचित्रमा भूवन बाबु र छोरा दुबै भूमिकामा देखिँदैछन्। दर्शकले ‘मिस्टर नेपाली’मा आफूलाई नायक नभएर खलनायकको रुपमा पाउने भुवनले बताए। ‘मेरो भिलेन रुप दर्शकका लागि नौलो स्वाद हुनेछ,’ उनले थपे।

देव भुषालको निर्देशन रहेको चलचित्रमा भूवनको अलवा साहिल श्रेष्ठ र कुसुम राउतको समेत मुख्य भूमिका छ। कमेडी, प्रेम र देशप्रेमको विषय उठाएको यो चलचित्र प्रेमराज दाहालले निर्माण गरेका हुन्।