काठमाण्डौ / मंगलवार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमवार प्रतितोला ७१ हजार रुपैँयामा कारोबार भएको सुनको मुल्य मंगलवार २ सयले घटेर ७० हजार ८ सय रुपैँयामा कारोवार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि घटेको छ।

सोमवार प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोवार भएको तेजावी सुनको मुल्य मंगलवार ७० हजार ५ सय रुपैँया निर्धारण गरिएको छ।

सुनको भाउ घटेसंगै चाँदीको मुल्य पनि आज घटेको छ। सोमवार ८ सय ७० रुपैँयामा कारोबार भएको चाँदीको मुल्य मंगलवार ५ रुपिँयाले घटेर प्रतितोला ८ सय ६५ रुपिँयामा कारोवार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।