काठमाण्डौ / बलिउड सुपरस्टार सलमान खानको चलचित्रमा अभिनेता सुनील थापाले काम गर्ने भएका छन्। सलमानको प्रोडक्सन हाउसले निर्माण गर्न लागेको चलचित्र ‘क्वान’मा सुनीलले अभिनय गर्न लागेका हुन्।

चलचित्रमा उनी मणिपुर राज्यको मुखियाको भूमिका निर्वाह गर्ने जनाइएको छ। नेपाली चलचित्र उद्योगमा खलपात्रमा रुचाइएका उनले ‘क्वान’मा निभाउन लागेको भूमिका भने सकारात्मक रहेको सुनीलले बताएका छन्।

सलमानको प्रोडक्सन हाउसले निर्माण गर्ने भए पनि सलमानले भने यो चलचित्रमा अभिनय नगर्ने बताइएको छ।