एजेन्सी / धेरैले भोगेको समस्या हो, पिसाबको संक्रमण। पिसाब गर्दा दुख्ने, पोल्ने हुँदा अत्यन्तै पीडा हुने यो संक्रमण महिला र पुरुष दुवैलाई हुन्छ। यसलाई चिकित्सकको भाषामा युटीआई अर्थात युरिनरी ट्र्याक इन्फेक्सन भनिन्छ।

यौनाङ्गको विशेष हेरचाह र सरसफाईमा ध्यान नदिँदा धेरैजसो यो समस्या हुने गर्छ। मासिक श्राव, गर्भावस्था, असुरक्षित यौनसम्पर्क आदिका कारण यो समस्या देखा पर्ने गर्छ।

पिसाब नली एकदमै संवेदनशिल हुन्छ। यस्तो अंगमा संक्रमण फैलने खतरा पनि बढि नै हुन्छ। पिसाब पास हुने नलीको राम्ररी सफाई नभएको अवस्थामा संक्रमण मुत्राशयसम्म पुग्ने गर्छ।

कारणः 
-ब्लाडर सुन्निनु 

-मृगौलाको पथ्थरी

-शरीरमा पानीको मात्रा कम हुनु

-कलेजोको समस्या

-करङको हड्डीमा चोट लाग्नु 

-पुरुषहरुमा प्रोस्टेट ग्लैडको बढेमा

-संवेदनशील स्थानमा चोट लागेमा

-दुर्गन्धित शौचालयको प्रयोग

-धेरैबेरसम्म पिसाब रोकेमा

-गुप्ताङ्गको राम्रोसित सफाई नगरे

-मधुमेह

घरेलु उपचारः
-२ चियाचम्चा स्याउको रस र एक चियाचम्चा मह मनतातो पानीमा मिसाएर पिउँदा संक्रमण फैलाउने ब्याक्टेरिया नष्ट हुन्छ र पिसाब सजिल्यै बाहिर आउन मद्दत पुग्छ।

-पिसाबमा हुने संक्रमणको समयमा पटक–पटक पिसाब आएमा १ चियाचम्चा सोडा १ गिलास पानीमा मिसाएर खाँदा पेटमा हुने जलन कम हुन्छ र पीडा कम हुन्छ।

-अलैँचीलाई पिसेर धुलो बनाउने र अनारको रसमा मिसाउँने र थोरै थोरै नुन राखेर पिउँदा पिसाबको संक्रमण २ दिनमै निको हुन्छ।

-लस्सी पनि यस इन्फेक्सनको लागि फाइदाजनक हुन्छ। इन्फेक्सन भएको समयमा हरेक दिन लस्सी पिउने गर्नुपर्छ।

-क्र्यानबेरी जुुस पनि यसको लागि लाभकारी हुन्छ। ३ वा ४ दिनसम्म यो जुसको सेवन गर्दा आराम मिल्छ।

-लसुनमा प्राकृतिक रुपमै ब्याक्टेरियासँग लड्न सक्ने क्षमता हुन्छ। हरेक दिन एउटा पोटी लसुन र पानी सेवन गर्दा यो समस्या कम हुन्छ।

-यसका साथै, यौनाङ्गको सरसफाईमा विशेष ध्यान दिने, पिसाव नरोक्ने, पानी पिउने आदि गर्दा यो समस्याबाट छुटकारा पाउन सकिन्छ।