कपिलवस्तु / कपिलवस्तु नगरपालिका ८ पश्चिम दोहनीमा छोराको कुटाइबाट आमाको ज्यान गएको छ। छोरा सुरेन्द्र कुर्मीले कुटपिट गरी ५५ वर्षीया आमा फूलमतीको हत्या गरेको वडाध्यक्ष शिवकुमार पाण्डेले बताउनुभयो।

सुरेन्द्रले रक्सी सेवन गरी शनिबार राति घरमा आगो लगाउँदै आमाको कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ। मृतक फूलमतीको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल कपिलवस्तु पठाइएको छ। 

छोरा सुरेन्द्र फरार छन्, उनको खोजी भैरहेको प्रहरीले जनाएको छ। सगोलमा रहेको खेतमध्ये दुई बिघा आफ्नो नाममा दर्ता गरिदिनुपर्ने माग राख्दै सुरेन्द्रले परिवारमा झगडा गरिरहने गरेको वडाध्यक्ष पाण्डेले जानकारी दिनुभयो।