काठमाण्डौ / नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन(अनेरास्ववियू) केन्द्रीय सदस्य इन्द्रहाङ राई बलात्कारको आरोपमा पक्राउ परेका छन्।

रत्नराज्य लक्ष्मी क्याम्पस(आरआर) स्वतन्त्र विद्यार्थी युनियनका बहालवाला सह–सचिव समेत रहेका इन्द्रहाङ राईलाई १८ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार बिहान पक्राउ गरेको हो।

पीडित किशोरीले सोमबार राति प्रहरीलाई राईले आफूलाई बलात्कार गरेको जानकारी गराएकी थिइन्। राईले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६, माकलबारीमा रहेको साथीको कोठामा लगेर बलात्कार गरेको किशोरीले प्रहरीलाई बताएकी छिन्।

महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) होविन्द्र बोगटीका अनुसार अहिले घटनाको अनुसन्धान भैरहेको छ।