बिष्णु बुर्जा स्मृति फुटबल प्रतियोगिताको उपाधि खदम फुटबल क्लवलाई

  • पूर्वी खबर
  • प्रकाशित मिति: कार्तिक 11, 2076

केराबारी/ मोरङको केराबारी ६ मा सम्पन्न बिष्णु बुर्जा स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधी खदम फुटवल क्लवले उचालेको छ। मोरङको केराबारी ६स्थित फडानी खेल मैदानमा सम्पन्न प्रतियोगितामा आयोजक डाँगीलाई ४–३ले पराजित गर्दै खदमले उपाधि उचालेको हो।IMG_9593  

बिजेता खदम फुटबल क्लवका लागि जर्सी नम्बर १०का भुवन बस्नेत जर्सी नम्बर १६का सौजन याख्खा, जर्सी नम्बर ८का उपेन राई र ३का नितेश थापा मगरले गोल गरेका थिए।

यस्तै उपबिजेतामा चित्त बुझाएको डाँगी फुटबल क्लवका लागि जर्सी नम्बर २१का सुमन राई जर्सी नम्बर १७का बिशाल भुजेल र जर्सी नम्बर १६का शुरेस मगरले गोल गरेका थिए। IMG_9591

प्रतियोगिताको बिजेता बनेको खदम फुटबल क्लवले उपाधि सँगै नगद ३०हजार, ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ। भने उपबिजेतामा चित्त बुझाएको डाँगी फुटबल क्लवले नगद २०हजार ट्रफि र प्रमाण पत्रमा चित्त बुझाएको छ। बिजेता र उपबिजेताहरुलाई केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्ति भुजेल खेल संयोजक भविश्वर बुर्जा मगरले पुरस्कृत गर्नुभयो।

यसैगरी प्रतियोगितामा सबैभन्दा धेरै ७ गोल गरेका डाँगी फुटबल क्लवका सुमन राईले हाईस्कोररको उपाधि सँगै ट्रफि र नगद प्राप्त गरेका छन्। राईलाई केराबारी ७का वडाध्यक्ष नारायण चेम्जोङले पुरस्कृत गर्नुभयो। IMG_9570

यस्तै बेष्ट डिफेन्सको उपाधि सँगै ट्रफि र नगद पुरस्कारले डाँगी फुटबल क्लवका अनिल मगर पुरस्कृत भए। मगरलाई वडा चेम्जोङले पुरस्कृत गर्नुभयो। यस्तै बेष्ट गोलकिपरको उपाधिसँगै पुरस्कृत भएका खदम फुटबल क्लवका गोल किपर पुर्ण चेम्जोङलाई इप्रका केराबारीका प्रनानि खड्ग राईले पुरस्कृत गर्नुभयो। यस्तै म्यान अफ द सिरिज बनेका डाँगी फुटबल क्लवका संगित तामाङलाई पनि वडासदस्य तामाङले पुरस्कृत गर्नुभयो। IMG_9575

कात्तिक ४ गते शुरु भएको प्रतियोगिताको एटिएन मिडिया प्रालिद्वारा सञ्चालित पूर्वी खबर अफिसियल मिडिया यस्तै त्रिलोचन फोटोग्राफि अफिसियल फोटोग्राफर रहेको थियो। IMG_9571

स्थानीय उपेन्द्र घिमिरेले सञ्चालन गरेको समापन समारोहमा प्रदेश सांसद उपेन्द्र घिमिरे, वडाध्यक्ष नारायण चेम्जोङ, स्थानीय नन्दिकिशोर शर्मालगायतले बोल्नुभएको थियो।

 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2019 - Purbikhabar.com All rights reserved