केराबारी/ खदम फुटवल क्लव मोरङको केराबारीमा जारी बिष्णु बुर्जा स्मृति नकआउट फुटबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ। पानबारी फुटबल क्लव धरान ६ लाई सेमिफाईनलमा ३–२ले रोक्दै खदम फुटबल क्लव फाईनल प्रवेश गरेको हो।

अव उपाधि रक्षाका लागि सोमबार केराबारी ७ आहाले डाँगी स्थित फडानी खेल मैदानमा शुक्रबार भएको पहिलो सेमिफाईनल बिजेता आयोजक डाँगी फुटबल क्लवसँग खदम फुटबल क्लवले प्रतिष्पर्धा गर्नेछ। IMG_9442

दोश्रो सेमिफाईनल खेलमा आज आईतबार खदमको तर्फबाट पहिलो हापको २१ औँ मिनेटमा १६ नम्बर जर्सीका खेलाडी सौजन याख्खाले गोल गरेका थिए। डिबक्स भित्र बिपक्षी खेलाडीले फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै सौजनले गोल गरेका हुन्। IMG_9440

यस्तै पहिलो हापको २३ औँ मिनेटमा पानबारीका लागि जर्सी नम्बर १४का खेलाडी तिर्थ बस्नेतले गोल गरेर खेललाई १–१को बराबरीमा ल्याएपछि पहिलो हाप सकिएको थियो। खदमका डिफेन्स खेलाडी अजय मण्डलको ह्याण्ड भएपछि पाएको फ्रिकिकको सदुपयोग गर्दै बस्नेतले गोल गरेका हुन्।

दोश्रो हापको चौथो मिनेटमा अफ साईट भएपछि रेफ्रिले सिठ्ठी बजाईसकेपछि पानवारीका १० नम्बर खेलाडी समिर राईले गोलपोष्टमा प्रहार गरेपछि रेफ्रि अर्जुन लिम्बुले यल्लो कार्ड दिएका थिए।

दोश्रो हापको ७औँ मिनेटमा मैदानको दक्षिणतर्फबाट प्रहार गरिएको कर्नर किकलाई खदमका १५ नम्बर जर्सीका बिरेन लिम्बुले हेडमार्फत सुन्दर गोल गर्दै खेललाई २–१को अन्तरमा ल्याएका थिए। त्यसपछि दुवैतर्फबाट आक्रामक खेलेपनि खेलको २४औँ मिनेटमा खदमका १० नम्बर जर्सीका भुवन बस्नेतले गोल गर्दै ३–१को अग्रता दिलाएका थिए।

खदमले ३–१को अग्रता लिएपछि खेललाई बराबरीमा ल्याउन पानवारीका खेलाडीले निकै प्रयत्न गरेपनि पानबारीलाई थप गोल गर्न खदमका खेलाडीले रोकेका थिए। त्यसपछिको २ मिनेटको एडिशनल टाईमको पहिलो मिनेटमा पानवारीका ७ नम्बर जर्सीका खेलाडी बिकास परियारले गोल गरेर खेललाई ३–२को गोल अन्तर त गराए तर पानबारी ले खेल भने जित्न सकेन।

खदम क्लवले अव तालतलैया फुटबल क्लव इटहरीलाई पेनाल्टी सुटआउटमा ४–२ले रोक्दै फाईनल प्रवेश गरेको आयोजक डाँगी फुटवल क्लवसँग उपाधिका लागी भिड्न पक्कापक्कि गरेको छ।

आईतबार भएको दोश्रो सेमिफाईनल खेलमा उत्कृष्ट खेल कौशल प्रदर्शन गरेका खदमका अजय मण्डल आजको खेलको म्यान अफ द म्याच घोषित भएका छन्। मण्डललाई इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी सहायक निरिक्षक श्यामसुन्दर मण्डलले ट्रफि एवं नगद पुरस्कार प्रदान गर्नुभयो। IMG_9504

भोली कात्तिक ११ गते समापन हुने एटिएन मिडिया प्रालिद्वारा सञ्चालित पूर्वी खबर अफिसियल मिडिया रहेको बिष्णु बुर्जा स्मृति फुटबल प्रतियोगिताको फाईनल खेल २ बजे शुरु हुने र त्यस अघि मध्यान्नमा ३५ बर्ष माथीका खेलाडीको मैत्रिपुर्ण खेल हुने आयोजक समितिका सुवोध मगरले जानकारी दिनुभयो।

भोलीको समापन समारोहमा प्रदेश नम्बर १का सांसद उपेन्द्र घिमिरे प्रमुख अतिथी रहने आयोजक डाँगी फुटबल क्लवले जनाएको छ।

(फोटोफिचर)

IMG_9487 IMG_9464 IMG_9453 IMG_9486 IMG_9445 IMG_9446 IMG_9447 IMG_9448