प्रिय पाठक धन्यवाद यहाँलाई, तपाँईको माया र सद्भावका कारण आज हामीले चौथो बर्ष पुरा गरेका छौँ। यहाँहरुले हामी प्रति देखाउनुभएको अगाध माया र सद्भाव अनि हामीलाई गर्नुभएको बिश्वासले हामी यहाँ सम्म आईपुग्न सफल भएका हौँ।

अहिलेको जमाना डिजिटल तर्फ अघि बढिरहेको छ। इन्टरनेटले संसारलाई जोडेको बेला समाचारपनि डिजिटल माध्यममार्फत क्षणभरमा संसारभर फैलन्छ। अनि समाचारलाई सँधैभरी बिश्वसनीय बनाउन सञ्चारकर्मी उद्धत रहनुपर्दछ। समाचार ब्रेकिङ गर्ने क्रममा अपुष्ट र हावादारी समाचार बनाउने क्रम रोकिनुपर्दछ भन्ने मान्यता सँधै पूर्वी खबरले राख्ने गर्दछ।

आज भन्दा ठिक चार बर्ष पहिला एउटा कम्प्युटर राखेर शुरु गरिएको पूर्वी खबर अहिले ३ जनालाई प्रत्यक्ष रोजगारी दिने तथा केहिजनालाई परोक्ष रुपमा रोजगारी दिने भईसकेको छ। क्रमश समय बित्दै जाँदा समाचारमा अझै निखारता ल्याउन एवं अझै यथार्थपरक र अझै बिश्वसनीय बनाउन सँधै प्रतिबद्व रहने दृढता ब्यक्त गर्न चाहन्छौँ।