काठमाण्डौ / म्यानमार यू-२३ विरुद्ध दुई पटक अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिएको छ। शुक्रबार कतारकाे राजधानी दाेहामा भएकाे खेलमा पहिलो हाफको दोस्रो मिनेटमै अनन्त तामाङको गोलमार्फत अग्रता पाएको थियो।

नेपालले पहिलो हाफको नियमित समय सकिन ५ मिनेट बाँकी रहेका बेला नेपालले गोल खान पुग्यो। दोस्रो मिनेटमा सुजल श्रेष्ठको कर्नरलाई हेडरमार्फत दोस्रो मिनेटमै अनन्तले गोल गरेका थिए।

४०‌‌औँ मिनेटमा म्यानमारले खेलमा बराबरी गर्न सफल भयो। यसका लागि लुई मोइले गोल गरे। तर खेलको ६० औ मिनेटमा नेपालले फेरि अग्रता बनायो। नेपालका लागि रेजिन सुब्बाले गोल गरे। तर लगत्तै म्यानमारले गोल फर्कायो। जसका कारण खेल २–२ को बराबरी भयो।

८६ औँ मिनेटमा म्यानमारले प्रहार गरेको कडा प्रहारलाई नेपाली गोलरक्षक असिमजंग कार्कीले बचाएका थिए। नेपालमा आयोजना हुने १३ औँ सागको तयारीका लागि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो।