मोरंगको बुढीगंगा गाँउपालिका क्षेत्रभित्रका च्याउ खेती गर्ने किसानले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आएको कृषि क्षेत्रको बजेट दुरुपयोग भएको आरोप लगाएका छन्। उनिहरुले इटहरीमा पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएका हुन्।

किसानकै लागी किटान गरेर आएको बजेट गाँउपालिकाले अन्यत्र खर्च गरेर किसानलाई बेवास्ता गरेको उनीहरुको आरोप छ। रिपोर्टर्स क्लब सुनसरीले गरेको पत्रकार सम्मेलनमा बोल्दै च्याउ खेती गर्ने किसानहरुले किसानहरुकै लागी आएको रकम दुरुपयोग भएको भन्दै आपत्ती जनाएका हुन।

नेपाल च्याउ उद्योग बुढीगंगा ७ मोरंगका सञ्चालक सरोज नेपालले सरकारबाट किसानको लागी आएको रकम समेत किसानले नपाएको गुनासो गर्नुभयो। कार्यक्रममा किसानहरुले च्याउको बिउ उत्पादनमा समेत राज्यले सहयोग नगरेको बताएका छन्।

उनिहरुले किसानहरुलाई उच्चस्तरीय तालिम दिनुपर्ने, च्याउलाई प्रशोधन गरिनुपर्ने, बास्तबीक किसानलाई सहुलियत ब्याजमा श्रmण दिनुपर्ने लगायतका माग गरेका छन्। च्याउ किसान बिष्णुबहादुर मगरले आँफुहरुको दुख दुःख राज्यले नहेरेको भन्दै बास्तबीक किसानलाई राज्यले सहयोग गरे किसानहरु च्याउ खेतीमा लाग्ने बताउनुभयो।

यता बुढीगंगा गाउँपालिकाका कृषि बिकास शाखाले भने गाउँपालिकाको ५वटा फर्मलाई साडे तीन लाख अनुदार बितरण गरेको जनाएको छ। नेपाल च्याउ उद्योगलाई २ लाख, सुष्टि कृषि फर्मलाई २५ हजार, ह्यापी फेमिली बचत तथा ऋण सहकारीलाई २५ हजार, अगुवा कृषक कृषि यान्त्रिकरण शहकारीलाई ५० हजार र मदनपुर बुउदेश्यिय कृषि फर्मलाई ५० हजार बितरण गरेको र अन्य रकम भने अन्यत्र खर्च भएको शाखाले स्वीकार गरेको छ।

पत्रकार सम्मेलन पश्चात किसानहरुले सञ्चारकर्मीहरुलाई च्याउका बिभिन्न परिकारहरु चखाएका थिए। IMG_5115