र्‍यापर भिटेनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गरिने

  • शोभित मगर
  • प्रकाशित मिति: कार्तिक 8, 2076

काठमाण्डाै / ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागुऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा प्रहरीले बिहीबार 'भिटेन' का नामले चर्चित र्‍यापर समिर लामा घिसिङलाई पक्राउ गरेको छ।

राैतहटकाे चन्द्रनिगाहापुर घर भई अहिले ललितपुर बस्ने भिटेनलाई झम्सीखेलबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो।

भिटेनले प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेर प्रहरी पोशाकको दुरुपयोगसमेत गरेको पाइएको छ। भिटेनविरुद्ध ललितपुर प्रहरीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले बताउनुभयो। 

कसुर पुष्टि भए एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ। दुई दिनअघि मात्रै उच्छृङ्खल गीत गाएको आरोपमा पक्राउ परेका गायक दुर्गेश थापाले गल्ती स्वीकार गरी माफी मागेपछि उनलाई छाडिएको थियो।

गृह मन्त्रालयले उच्छृङ्खल र समाजलाई भड्काउने खालका गीत गाए तथा उत्पादन गरे कारबाही गर्ने विज्ञप्तिमार्फत सूचना जारी गरेको थियो। 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2019 - Purbikhabar.com All rights reserved