केराबारी/ मोरङको केराबारी ७ आहाले डाँगीमा जारी बिष्णु बुर्जा स्मृति नकआउट फुटबल प्रतियोगिताको बिहिबारको खेलमा पानबारी फुटबल टिम धरान ६ बिजयी भएको छ। पानबारीले इटहरी फुटबल क्लव इटहरी ४ लाई ३ – २ ले पराजित गरेको हो।

केराबारी गाउँपालिका वडा नम्बर ६ (इटहरी रोड) स्थित फडानी खेल मैदानमा भएको खेलको पहिलो हापमा गोलरहित बराबरीमा टुंगिएको थियो। पहिलो हापमा निकै आक्रामक खेल प्रदर्शन गरेको इटहरीले पटक पटक पाएको मौका चुकाएको थियो।

IMG_9780
पानबारी फुटबल टिमका खेलाडी फोटो : त्रिलोचन पौडेल

खेलको दोश्रो हापको १३ औँ मिनेटमा पानकारीका लागि जर्सी नम्बर ७ का खेलाडी गोबिन्द कार्कीले पहिलो गोल गर्दै खेलको खाता खोलेका थिए। यस्तै खेलको २७ औँ मिनेटमा इटहरीका लागि जर्सी नम्बर ५का खेलाडी अभिशेक गिरीले खेलको लागि दोश्रो तथा इटहरीका पहिलो गोल गर्दै खेलाई १–१को बराबरीमा ल्याएका थिए।

त्यस्तै २७ औँ मिनेटमा इटहरीका जर्सी नम्बर १७ का बिष्णु श्रेष्ठले खेलको लागि तेश्रो तथा इटहरीका लागि दोश्रो गोल गर्दै खेललाई २–१ को गोल अन्तर बनाएका थिए। २–१ को गोल अन्तर बनाएका इटहरीका खेलाडीको खुसी चकनाचुर बनाउँदै पानबारीका जर्सी नम्बर ५का खेलाडी अर्जुन लिम्बुले ३३औँ मिनेटमा मैदान प्रवेश गरेको पहिलो मिनेटमा नै खेलको लागि चौथो गोल तथा पानबारीका लागि दोश्रो गोल गर्दै खेललाई २–२को बराबरीमा ल्याएका थिए।

IMG_9782
इटहरी फुटबल क्लवका खेलाडी, तस्विर: त्रिलोचन पौडेल
 

यस्तै खेलको इन्जुरी टाईममा पानबारीका लागि १० नम्बर जर्सीका खेलाडी समिर राईले खेलको लागि पाँचौ तथा पानबारीका लागि तेश्रो गोल गर्दै खेललाई ३–२ को जित दिलाएका थिए। आजको खेलको म्यान अफ द म्याच विनिङ गोलकर्ता समिर राई घोषित भएका छन्। राई केराबारी ७ का जेष्ठ नागरिक तिलबिक्रम बस्नेतले पुरस्कृत गर्नुभएको थियो।

IMG_9892
म्यान अफ द म्याचलाई पुरस्कृत गर्दै स्थानीय जेष्ठ नागरिक तिलबिक्रम बस्नेत, तस्विर : त्रिलोचन पौडेल
 

कात्तिक ११ गते समापन हुने एटिएन मिडिया प्रालिद्वारा सञ्चालित पूर्वी खबर अफिसियल मिडिया रहेको बिष्णु बुर्जा स्मृति फुटबल प्रतियोगिताको भोली शुक्रबारको पहिलो सेमिफाईनल खेल डाँगी फुटबल क्लव केराबारी ७ र तालतलैया फुटबल क्लव इटहरी बीच तीनबजे शुरु हुने आयोजक समितिका सुवोध मगरले जानकारी दिनुभयो।

(फोटोफिचर)

IMG_9789 IMG_9812 IMG_9885 IMG_9824 IMG_9818 IMG_9836 IMG_9837