काठमाण्डौ / सूर्य इन्टरनेशनल अवार्ड २०१९ को उत्कृष्ट ३ को मनोनयन सार्वजनिक भएको छ। नोभेम्बर २४ मा जापानको टोकियोमा हुने भनिएको अवार्डमा नेपालबाट कलाकारहरु जापान जानेछन्।

यस्तै मनोनयनमा परेकाको खाने र बस्ने व्यवस्था पनि आयोजक टिमले नै गर्ने भएको छ। सूर्य अवार्डको उत्कृष्ट अभिनेत्रीको मनोनयनमा ३ अभिनेत्री परेका छन्।

जसमा नम्रता श्रेष्ठ (प्रसाद)बाट, साम्राज्ञी राज्यलक्ष्मी शाह (कायरा) र पूजा शर्मा (रामकहानी)बाट मनोननयमा परेका छन्।

तिनै अभिनेत्री अभिनयको हिसाबले निकै राम्रो मानिन्छन्। यी तिनै अभिनेत्रीको आ–आफ्नो ठाउँमा निकै नै फ्यान फलोइङ रहेको छ। अब अवार्ड भने कसको पोल्टामा पर्ने हो, त्यो हेर्नको लागि केही समय पर्खनै पर्छ।