काठमाण्डौ / चलचित्र ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक भएको छ। कात्तिक २९ गतेबाट रिलिज हुन लागेको चलचित्रमा नायक भूवन केसीलाई दोहोरो भूमिकामा देख्न सकिन्छ।

देव भुषालको कथा, पटकथा तथा संवादमा तयार भएको चलचित्रमा बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मा लगायतका कलाकारको अभिनय छ।

चलचित्रबाट साहिल श्रेष्ठ र कुसुम राउत यो क्षेत्रमा भित्रिदैछन्। निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा प्रेमराज दाहालको लगानी छ।

हेर्नुहोस् ट्रेलर :