काठमाण्डौ / अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भाइ टीकाको साइतको समय ठाउँअनुसार फरक फरक तोकेको छ। यसअघि दसैंको साइतसमेत सो समितिले यसैगरी तोकेको थियो।

सो समितिको बैठकपछि सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष बशिष्ठद्वारा जारी गरिएको संयुक्त वक्तव्यमा सो समय तालिका सार्वजनिक गरिएको हो।

सो वक्तव्यमा जनाइएअनुसार काठमाण्डौमा टीकाको साइत कात्तिक १२ गते बिहान ११ः५५ बजे तोकिएको छ भने भारतको नयाँ दिल्लीमा सोही दिन बिहान ११ः४५ बजे, अमेरिकाको न्यूयोर्कमा सोही दिन मध्यान्ह १२ः५१ बजे, अमेरिकाकै केन्टुकीमा सोही दिन १२ः१८ बजे, अमेरिकाकै टेक्सासमा १२ः५७ बजे र अमेरिकाको क्यालिफोर्नियामा १२ः५१ बजेको समय तोकिएको छ।

हेर्नुहोस् कुन ठाउँमा कति बजेको साइत