काठमाण्डाै / तिहारको गीत ‘मखमली’ सार्वजनिक भएको छ। प्रभावन जेको शब्द, संगीत रहेको गीतलाई प्रभावन जे, सरोज लामिछाने र सपना गुरुङले स्वर दिएका छन्।

गीतको एरेन्ज जीवन वडु र मिक्सिङ मनोज डंगोलले गरेका छन्। गीतको भिडियोमा कलाकार रमा थपलिया, सरिता लामिछाने, रामशरण जंगम, सरोज दाहाल र विवेक चौलागाईको अभिनय रहेको छ।

प्रभावन जे स्वंमको निर्देशन रहेको म्युजिक भिडियोमा छायांकन ज्ञानेन्द्र शर्मा हुमागाई, ड्रोन ममल प्रसाई, सम्पादन अमृत चापागाई, शृङगार माहि सिं, कला राजाराम गौतम, व्यवस्थापन कृष्ण गौतम सहयोग गोकुल दंगाल र बद्रि दंगालको रहको छ।

हेर्नुहोस् भिडियो :