दाङ / श्रीमतीको हत्या गरी फरार रहेका एक जना ६ वर्षपछि दाङको लमहीबाट पक्राउ परेका छन्।

वडा प्रहरी कार्यालय लमही दाङले २०७० साल असार २५ गते आफ्नी श्रीमती प्रितिकुमारी जयसवालको घाँटी थिचेर हत्या गरी फरार रहेका ३२ वर्षीय प्रदीपकुमार जयसवाललाई मंगलबार राति पक्राउ गरेकाे हो।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाका अनुसार जयसवाल लमही बजारबाट पक्राउ परेका हुन्। जयसवाललाई ६ वर्षपछि वडा प्रहरीले पक्राउ गरेकाे हाे।