काठमाण्डौ / बलिउड अभिनेत्री सोनाक्षी सिन्हा ३२ वर्षकी भएकी छिन्। २ जुन १९८७ मा मुम्बईमा जन्मिएकी सोनाक्षीले पहिले त अभिनयमा लाग्छु भन्ने सोचेकै थिइनन्। तर, सन् २०१० मा उनले सलमान खानको चलचित्र दबंगबाट बलिउडमा इन्ट्री गरिन्।

त्यति बेला उनको तौल ९० किलो थियो। सलमान खानले उनलाई तौल घटाउन निर्देशन दिएका थिए। उनले एक अन्तर्वार्तामा सलमान खानलाई धन्यवाद दिँदै भनेकी थिइन्– मैले सलमानकै कारणले आफ्नो तौल घटाएँ।

चलचित्रमा आउनकै लागि आफूले ३० किलोभन्दा धेरै तौल घटाएको उनले बताएकी थिइन्। उनले जिमसँग एलर्जी भए पनि आफूले सलमानले भनेकाले नै त्यसमा काम गरेको बताएकी थिइन्।

तर, सोनाक्षीले कहिल्यै पनि जिम गएपछि आफ्नो तौल नाप्न चाहिँ नापिनन्। तर, उनलाई आफू विस्तारै फिट हुँदै गएको चाहिँ आभास भयो। यसका लागि पनि उनले सलमानलाई नै धन्यवाद दिन्छिन्।