केराबारी/ मोरङको केराबारी ७ आहाले डाँगीमा सोमबार शुरु भएको बिष्णु बुर्जा स्मृति नकआउट फुटबल प्रतियोगिताको दोश्रो दिनको खेलमा खदम फुटबल क्लव केराबारी बिजयी भएको छ। खदम फुटबल क्लवले सुनसरीको बराहक्षेत्रस्थित पाञ्चायन फुटबल क्लव बक्लौरीलाई ३–२ ले पराजित गरेको हो

IMG_9649
खदम क्लवका खेलाडी

केराबारी गाउँपालिका वडा नम्बर ६(इटहरी रोड)स्थित फडानी खेल मैदानमा भएको दोश्रो दिनको खेलको पहिलो हापमा खदमले पाञ्चायन क्लवलाई २–० ले पछि पारेको थियो। पहिलो हापको तेश्रो मिनेटमा खदम क्लवका जर्सी नम्बर ९ का बिरेन लिम्बुले पहिलो गोल गर्दै खेलको खाता खोलेका थिए।

त्यस्तै पहिलो हापको १७ औँ मिनेटमा खदम फुटबल क्लवका जर्सी नम्बर १० का भुवन बस्नेतलाई डिबक्समा बिपक्षी खेलाडीले फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खदमका जर्सी नम्बर २१ का धिरेन लिम्बुले सुन्दर गोल गरेका थिए।

पहिलो हापमा खासै खेल प्रदर्शन नगरेको पाञ्चायन क्लवले खेललाई दोश्रो हापमा लयमा फर्काउन प्रयत्न गरेपनि दोश्रो हापको २२ औँ मिनेटमा पुनः खदम क्लवकै २ नम्बर जर्सीका अनोज मगरले तेश्रो गोल गर्दै खेललाई ३–० को फराकिलो अन्तर दिलाएका थिए।

IMG_9652
पाञ्चायन फुटबल क्लव बक्लौरीका खेलाडी

यसैगरी खेलको २५ औँ मिनेटमा पाञ्चायन फुटबल क्लवको तर्फबाट जर्सी नम्बर ८ का अभिशेक कार्कीले पहिलो गोल गर्दै खेललाई ३–१ को अन्तरमा ल्याएका थिए। यस्तै दोश्रो हापको २८ औँ मिनेटमा खदम फुटबल क्लवका जर्सी नम्बर ३ का खेलाडी नितेश तामाङले बचाउन खोज्दा आत्मघाती गोल भएको थियो।

आजको खेलको म्यान अफ द म्याच खदम फुटबल क्लवका जर्सी नम्बर ९ का खेलाडी बिरेन लिम्बु घोषित भएका छन्। लिम्बुलाई केराबारी ७ का पुराना जनप्रतिनिधी एवं स्थानीय ब्यवसायी तिलक ठाडा मगरले पुरस्कृत गर्नुभएको थियो।

IMG_9718
म्यान अफ द म्याचलाई पुरस्कृत गर्दै

कात्तिक ११ गते समापन हुने एटिएन मिडिया प्रालिद्वारा सञ्चालित पूर्वी खबर अफिसियल मिडिया रहेको बिष्णु बुर्जा स्मृति फुटबल प्रतियोगिताको भोली बुधबारको खेल तालतलैया फुटबल क्लव इटहरी र कुसुमे फुटबल क्लव केराबारीका बीच ठिक दुईबजे शुरु हुने आयोजक समितिका सुवोध मगरले जानकारी दिनुभयो।

(फोटो फिचर)

IMG_9673 IMG_9677 IMG_9680 IMG_9694