मोरङ / मोरङको सुनवर्सी नगरपालिका १ गृदलियाबाट गोरु काट्दै गरेको अवस्थामा प्रहरीले रहिम मिँयालाई पक्राउ गरेको छ। प्रहरीले गोरु काट्दै गरेको अवस्थामा सोमबार दिउँसो १२ बजे ५५ बर्षीय मिँयालाई पक्राउ गरेको हो।

गृदलिया स्थित राम अतुलाको भान्सा घर भित्र गोरू काट्दै गरेको छ भन्ने प्राप्त सुचनाको आधारमा प्रहरी चौकी अमरदहबाट प्रहरी टोलि खटिएको थियो।

सो प्रहरीको टोलीले गोरू काटी मासु भाग लाउने क्रममा सोही ठाँउ मिँयालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।