एजेन्सी / इन्टरनेटमा कहिले के भाइरल हुन्छ त्यो भन्न सकिँदैन। ताजा मामला रणबीर कपुर र आलिया भट्टसँग जोडिएको छ। दुबैको प्रेम सम्बन्धको लामो समयदेखि चर्चा भइरहेको छ। भारतका विभिन्न मिडियाले त उनीहरुको चाँडै नै विवाह हुन लागेको समेत जानकारी दिएको छ।

यसैबीच सोसल मिडियामा रणबीर–आलियाको विवाहको कार्ड भाइरल हुन थालेको छ। कार्डका अनुसार दुइएको विवाह राजस्थान जोधपुरस्थित उम्मेद भवन प्यालेसमा सन् २०२० को जनवरी २२ मा हुने छ।

यो विवाहको कार्डलाई ट्वीटर र ह्वाट्सएपमा अत्यधिक बाँडिएका छन्। यद्यपि, कार्डलाई ध्यानपूर्वक हेर्ने हो भने यो फोटोसप भएको थाहा हुन्छ। कार्डमा स्पेलिङ र ग्रामर अत्यधिक बिगारिएको छ। कार्डमा आलियाको नाम नै बिगारिएको छ।

Ranbir_Alia यसबाहेक कार्डमा आलियालाई मुकेश भट्टकी छोरी बताइएको छ जबकी उनी चलचित्र निर्माता महेश भट्टकी छोरी हुन्। त्यसमाथि यी दुईको विवाह हुने खबर दुबै परिवारका कुनै पनि सदस्यले दिएका छैनन्।

स्मरण रहोस्, यसअघि पनि यी दुईको विवाहको तस्बिर भाइरल भइसकेको छ जुन उनका प्रशंसकले बनाएका थिए। यसमा रणबीरलाई दुलहा र आलियालाई दुलहीको रुपमा देखाइएको थियो।

कामको कुरा गर्ने हो भने रणबीर–आलिया एकैसाथ अयान मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’ मा देखिनेछन्। यो चलचित्रमा उनीसँग अमिताभ बच्चन, नागार्जुन, डिम्पल कपाडिया र मौनी रोयजस्ता नायकले पनि महत्वपूर्ण भूमिका निभाएका छन्।