एजेन्सी / बलिउडमा अभिनेत्रीहरुलाई ब्रेक पाउन र टिकिरहनको लागि धेरै नै सघर्ष गर्नुपर्छ। सबै अभिनेत्रीहरुले बलिउडमा सफल हुन भन्दा पहिले धेरै नै कठिन यात्रा गर्नुपर्छ।

धेरैले बाहिरबाट हेरेरै यो सोच्ने गर्छन् कि बलिउडको अभिनेत्रीहरुको जिन्दगी धेरै नै विलासी रहेको छ र उनीहरुले सामान्य जनताले जस्तो मुश्किलको सामना गर्नु पर्दैन होला। तर, तपाई हाम्रो यस्तो सोच गलत हुन सक्छ किनभने यी सबै अभिनेता अभिनेत्रीहरुलाई बलिउडमा नाम र दाम कमाउनको लागि धेरै नै मेहनत गर्नुपर्छ।

यस्तोमा केही बलिउडका अभिनेत्रीहरुले सार्वजनिक रुपमै स्वीकार गरेका छन् कि उनीहरुले चलचित्रमा ब्रेक पाउनको लागि केही प्रसिद्ध निर्माता र निर्देशकहरुले सेक्स गर्नुपर्ने प्रस्ताव गरेका थिए।

कास्टिङ काउच भनिने यस्तो प्रचलन बलिउडमा अझै पनि रहेको तर, धेरैले यस्ता घटनालाई लुकाउने भएकाले यस्ता धेरै घटना बाहिर भने आँउदैनन्। हेरौं बलिउडका ती अभिनेत्रीहरुको सूची जो कास्टिङ काउचको शिकार भएका थिए।

Image result for mamta kulkarni hot pic

ममता कुलकर्णी:- ९० को दशककी बोल्ड र फरासिली अभिनेत्री ममता कुलकर्णीले सार्वजनिक रुपमै प्रसिद्ध निर्देशक राजकुमार सन्तोषीलाई उनीमाथि गलत कार्यहरु गरेको आरोप लगाएपछि त्यसले बलिउडमा आँधी नै ल्याएको थियो।

Related image

कल्की कोचलिन:- कल्कीले पनि खुल्ला रुपमै यो स्विकार गरेकी थिइन् कि उनले पनि त्यस्ता परिस्थितीहरुको सामना गर्नुपर्यो तर त्यसको विरोध गर्नुको सट्टा उनले त्यसलाई अवसरको रुपमा उपयोग गरिन्। उनका अनुसार कास्टिङ काउचको माध्यमले एकपटक बलिउड छिरेपछि भने उनले त्यस्तो काम छोडिन्।

Related image

कंगना रनोट:- राष्ट्रिय अवार्ड जितिसकेकी यी चर्चित अभिनेत्रीले पनि यस्तो खुलासा गरेकी थिइन् कि उनी पनि कास्टिङ काउचको शिकार भएकी थिइन्।

Image result for preeti jain

प्रिती जैन:- प्रिती जैनले पनि निर्देशक मधुर भण्डारकरलाई फिल्ममा रोल दिने बहानामा अनुचित फाइदा उठाएको आरोप लगाएकी थिइन्।

Image result for पायल रोहतगी

पायल रोहतगी:- यी अभिनेत्रीले बलिउडमा एकपटक हंगामा नै मच्चाएकी थिइन् जब उनले प्रसिद्ध निर्देशक दिवाकर बनर्जीलाई यौन दुव्र्यवहार गरेको आरोप लगाइन्। तर, बेनर्जी र उनका साथी अनुराग कश्यपले यी सबै आरोपहरु गलत रहेको भन्दै अस्वीकार गरेका थिए।

Related image

टिस्का चोपडा:- उनले पनि एक अन्तवार्तामा बलिउडमा प्रवेश पाउनको लागि कास्टिङ काउचको सहारा लिनु परेको बताएकी थिइन्। उनले यो पनि भनेकी थिइन् कि बलिउडमा कास्टिङ काउच यथार्थ हो र यो निर्माता र अभिनेत्री बिचमा हुने गोप्य सम्झौता जस्तै हो जसको बारेमा कसैले पनि बाहिर कुरा खोल्दैनन्।

Image result for sherlyn chopra

शेर्लिन चोपडा:- बलिउडकी यी कामुक नायिकाले सार्वजनिक रुपमै यो स्विकार गरेकी छिन् कि उनले कैयौंपटक निमार्ताहरुसँग फिल्ममा रोल र पैसाको लागि रात बिताएकी थिइन्।

sunny-leone-sexy-pic

सनी लियोनी:- पूर्व पोर्नस्टार तथा अहिलेकी बलिउडकी चर्चित नायिका सनी लियोनीले पनि हाल सालैको एक अन्तवार्तामा यो कुरा खोलेकी थिइन् कि उनलाई बलिउडका एक निमार्ताले एक एडल्ट चलचित्रमा लिने प्रस्ताव गरेका थिए जसमा निर्माता आफैले अभिनय गर्न चाहन्थे। तर, सनीले अस्विकार गरेपछि उनको सपना साकार हुन पाएनन्।