काठमाण्डौ / सेल्फी फेशन जस्तै भएको छ। यो जति रोमाञ्चक र लाभदायक छ उति नै खतरनाक पनि छ।
सेल्फीका कारण सयौंले ज्यान गुमाइसकेका छन्।

आइआइटी कानपुरको तथ्यांक अनुसार सन् २०११ इता सेल्फीका कारण ज्यान गमाउने मध्ये आधा भारतका छन्। त्यसपछि रुस, अमेरिका र पाकिस्तानका छन्।

सबैभन्दा खतरनाक उचाईको तल्ला र पानी भएको ठाँउ छन्। सेल्फीसँग सम्बन्धित मृत्युमा डुबेर, खसेर र सवारी चलाउँदाको अवस्थामा भएको छ। चार भागको तीन भाग ज्यान गुमाउनेमा पुरुष छन् जसमा ३० वर्षमुनीका बढी छन्।

सेल्फीसम्बन्धि मृत्यु बढी हुन थालेपछि भारतमा कतिपय ठाँउमा सेल्फी खिच्न नपाइने क्षेत्र तोकिएको छ। नोसेल्फी जोन भनी खतराको संकेतसहित बोर्ड राखिएको छ।