धरान / धरान–४ स्थित पत्रांवारीमा रहेका अस्थायी प्रहरी चौकीमा कार्यरत असई पिताम्बर अधिकारीलाई एक एकल महिलालाई बलात्कार गरेको आरोप लागेको छ।

उनका विरुद्ध बोल्न नसक्ने एक महिलालाई करणी गरेको भन्दैं स्थानीय एक महिलाले किटानीसहित ठाडो उजुरी दिएकी छन्। अधिकारीमाथि बलात्कार गरेको बिषयमा पनि इलाका प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको बताएको छ।

अधिकारीविरुद्ध बलात्कार गरेको निवेदन परेपछि ४ नं वडा कार्यालयका सदस्य धनबहादुर कुलुङको रोहबरमा शनिबार प्रहरीले मुचुल्का उठाएको छ। यस विषयमा इप्रका धरानले अनुसन्धान भइरहेको एक प्रहरी अधिकृतले जानकारी दिएका छन्।

उहाँका अनुसार केही दिन अघि मादक पदार्थ सेवनको उजुरी पछि इलाका तानिएको थियो। फेरी गम्भीर प्रकृतिको उजुरी आएको र अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।

ती प्रहरी पत्रांंवारीमा हुँदा स्थानीयहरुसँग असुली गर्ने, रक्सीले मातेर मथ्थु भएर हिड्ने गरेको स्थानीयले बताएका छन्।