काठमाण्डौ / नेपाल आइडलबाट चर्चामा आएका गायक बिक्रम बराल र दोस्रो भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म पुगेकी गायिका सम्झना पाण्डेको आवाज रहेको ‘ढाक्यो मायाले’ बोलको गीत सार्वजनिक भएको छ।

निर्देशक शान थापाले निर्देशन गरेको गीतको भिडियोमा गायिका सम्झना र निराजन प्रधान फिचर्ड छन्। भुपिन्द्र महतको शब्द शृजना रहेको गीतमा संगीतकार हरि लम्सालको संगीत रहेको छ।

गीतको भिडियोमा रोमान्टिक प्रेम कथा देख्न सकिन्छ। अर्जुन तिवारीको छायांकन रहेको गीतमा नकुल खड्काको सम्पादन रहेको छ। कोरियोग्राफी राजिव समिरले गरेका छन्।

हेर्नुहोस् भिडियो :