एजेन्सी / सिंगिंग रियालिटी शो इन्डियन आइडलको एउटा भिडियो सार्वजनिक भएको छ जसमा एक प्रतियोगीले जज नेहा कक्कडलाई चुम्बन गरिरहेको देख्न सकिन्छ।

यो भिडियो सोनी टिभीको आधिकारिक ट्वीटर अकाउन्टमा सेयर गरिएको छ। भिडियोमा देखिए अनुसार एक प्रतियोगी थुप्रै उपहार लिएर स्टेजमा पुग्छन्। उनी एकएक गरेर सबै उपहार नेहालाई दिन्छन्।

उपहार लिएपछि नेहाले उनलाई अँगालो हाल्छिन् र ती प्रतियोगीले उनको गालामा चुम्बन गर्छन्। त्यसपछि नेहा आफ्नो अनुहार लुकाउँदै त्यहाँबाट टाढा भाग्छिन्।

यो घटनापछि त्यहाँ उपस्थित सबैजना अचम्मित हुन्छन्। त्यसपछि के हुन्छ त्यो हेर्नका लागि पूरा एपिसोड नै हेर्नुपर्छ।