काठमाण्डौ / चलचित्र ‘ए मेरो हजुर ३’ ओमान अक्टुबर १८ मा प्रदर्शन हुने भएको छ। चलचित्र प्रर्दशनीमा सहभागी हुन निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापा ओमन उडेका छन्।
अभिनेत्री सुहाना थापा पनि अमेरिकाबाट ओमान पुग्ने बताइएको छ। चलचित्र प्रदर्शन ओमानको लुनार सिनेमा, एल क्यूरममा हुने भएको छ।
अभिनेता अनमोल केसी, अभिनेत्री सुहाना थापाको मुख्य भूमिकामा बनेको चलचित्र ‘ए मेरो हजुर ३’ ले देश भित्र राम्रो व्यापार गरिसकेको छ।