काठमाण्डौ / नासाका वैज्ञानिकहरूले कृतिम रुपमा मंगल र चन्द्र ग्रहमा वातावरण र माटो तयार गरेर बालिनाली उब्जाएका छन्। उनीहरूका अनुसार भविश्यमा मंगल र चन्द्र ग्रहमा मानव बस्ति बसाइयो भने त्यहाँ उनीहरूका लागि खाद्य पदार्थ उब्जाउन सकिनेछ।

नेदरल्यान्डको वगेनिङगेन विश्‍वविद्यालयका शोधकर्ताले यो पनि भनेका छन् की, मंगल र चन्द्रमामा उब्जाएको बालिनालीबाट बीऊसमेत प्राप्त गर्न सकिने सम्भावना छ। उनीहरूका अनुसार टमाटर, मुला, रायो, पालंग, मटरलगायत दश बिभिन्‍न प्रजातिका बालिनाली लगाइएको थियो।

विश्‍विद्यालयका शोधकर्ताका वीगर वेमलिङ्‍कले भनेका छन्, ‘जब हामीले कृतिम रुपमा तयार गरेको मंगल ग्रहको माटोमा उम्रिएको टमाटरलाई रातो भएको देखेउ। जसले गर्दा हामी निकै उत्साहित भएका थियो। यसको मतलब हो की हामीले मंगल ग्रहमा कृषि परिस्थितिको सफलता तर्फ कदम बढाएका छौं।’

शोधकर्ताले मंगल ग्रह र चन्द्र ग्रहको धर्तिमा सामान्य माटो मिलायर कृतिम रुपमा यस्तो वातावरणको विकास गरेका थिए। जसले सफलता हात लागेको छ।