ईन्टर स्कुल कल्चरल सोलो डान्स प्रतियोगितामा सोनु तामाङ प्रथम भएकी छिन्। युनाईटेड डान्स एकेडेमीले गरेको प्रतियोगितामा धरान ११स्थित लिवर्टी रेसिडेन्सीयल बोर्डिङ स्कुलका छात्रा तामां प्रथम भएकी हुन्।

सुनसरीका बिभिन्न सामुदायिक तथा निजि बिद्यालयका बिद्यार्थी बीच भएको सो प्रतियोगिताका २० जना प्रतियोगिहरुलाई पछाडि पार्दै सोनु प्रथम भएकी हुन।
धरान–१० स्थित सभागृहमा भएको प्रतियोगितामा उनले नगद ५० हजार, ट्रफी, क्राउन र प्रमाणपत्र प्राप्त गरिन्। सोनुले तामाङ सोलोमा नृत्य प्रस्तुत गर्दै प्रथम भएको लिवर्टी स्कुलका प्रिन्सिपल तेजमान लिम्बुले जानकारी दिनुभयो।

स्कुलमा हुने बिभिन्न प्रतियोगितामा नृत्य गरेर सधै प्रथम हुने लिम्बुले यसपटकपनि बिजयी बनेको प्रिन्सिपल लिम्बुले बताउनुभयो। कक्षा १० मा अध्ययनरत १६बर्षिया सोनुले आँफुले यस प्रतियोगिताबाट प्राप्त गरेको पुरस्कारको कदर गर्दै स्कुलका साथीभाईहरुलाई पनि नृत्यप्रति चासो गराउने अग्रसर हुने बताएकी छन।