काठमाण्डौ / नेपाली चलचित्रकी चर्चित अभिनेत्री रेखा थापाले चिनियाँ राष्ट्रपति सी जिनपिङ विश्वकै दूरदर्शी नेता भएको प्रतिक्रिया दिएकी छन्।
शनिबार नेपालको दुई दिने भ्रमणका लागि नेपाल आउनु भएका राष्ट्रपति सीलाई अभिनेत्री थापाले विश्वकै दूरदर्शी अभियन्ता र नेता भएको बताइन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा ‘विश्वका सर्वाधिक दूरदर्शी सपनाको अभियन्ता, नेता चिनिया प्रेसिडेन्ट सी जिनपिङलाई नेपालमा स्वागत छ। नेपाल चाइना मित्रता अमर रहोस्।’ लेखेकी छन्।
नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणमा राष्ट्रपति सी शनिबार नेपाल आउनुभएको हो।