एजेन्सी / मानिस प्रेममा बाचेको हुन्छ। बिवाह मानव जीवनको महत्वपूर्ण पाटो हो। यो महत्वपूर्ण पाटो बिग्रियो भने जीवन नै तहसनहस हुन्छ। त्यसले पनि विवाह कस्तो व्यक्तिसँग गर्ने प्रेम कस्तो व्यक्तिसँग गर्ने ? तपाइले गरेको प्रेम विवाहमा परिणत हुन्छ या हुँदैन ? त्यसले सकारात्मत उर्जा दिन्छ या दिंदैन ? यो विषयमा जान्नु धेरै महत्वपूर्ण हुन्छ।

विवाहमा राशिको पनि ठुलो प्रभाव रहने ज्योतिषीहरु बताउँछन्। प्रत्येक राशिको आफ्नै केही भावनात्मक रोजाई र खुबी हुन्छन्। त्यसैले कुनै–कुनै राशिबिचको सम्बन्ध एकदमै नराम्रो हुने गर्दछ। उनीहरुबीचको सम्बन्ध कहिन्यै राम्रो नहुने हुनाले प्रेम र विवाह गर्न नहुने ज्यातिषीहरु बताउँछन्। केही राशिहरुमा सम्बन्धमा निक्कै मेलमिलाप पनि हुने हुन्छ।

यी राशिहरुबीच प्रेम वा विवाह गर्नु नराम्रो मानिन्छ :-

१. मिथुन र मकर : मिथुन राशि र मकर राशिबीचको बिवाह या प्रेमलाई त्यति राम्रो मानिदैन।

२. मेष र वृश्चिक : मेष राशिका व्यक्ति वृश्चिक राशिलाई चाहेर पनि मनाउँन सक्दैनन्, टाढा पनि बस्न सक्दैनन्। यस्तो अवस्थामा सम्बन्धमा दरार आउने गर्छ। मेष र वृश्चिकका राशिले चाहेर पनि प्रेम वा विवाह गर्न नहुने ज्योतिष शास्त्रको भनाई छ।

३. वृष र धनु : ज्यातीषशास्त्र अनुसार वृष र धनु राशिबीच प्रेम वा विवाह सम्बन्ध भएमा तहस–नहसको स्थिति सिर्जना गर्ने बताइन्छ।

४. कर्कट र कुम्भ : कर्कट राशिलाई झुट मनपर्दैन, जहाँ कुम्भ राशिले भने सम्बन्धमा धेरै पारदर्शिता राख्नुपर्छ भन्नेमा विश्वास गर्दैन। त्यसैले, यी राशिबीच तालमेल नमिल्ने हुन्छ र यी बीचको सम्बन्धमा झमेला आउँने बताइन्छ।

५. सिंह र मीन : मीन राशिका व्यक्ति आफ्नै दुनियाँमा व्यस्त रहने हुन्छन, जहाँ सिंह राशिका लागि भावना देखाउनु र महसुश गराउनेमा विश्वास गर्छ। सिंह राशिका व्यक्ति आफ्नो जोडी आफ्नो काममा पनि ध्यान दिओस्, कामप्रति राय तथा भावना व्यक्त गरोस भन्ने चाहन्छ। तर मीन राशिका व्यक्तिले भावुक सिंह राशिकालाई वास्तविक जीवनमा ल्याउँन गाह्रो हुन्छ। यसै कारण यी दुई राशिबीच सम्बन्ध बनाउँन गाह्रो हुने बताइन्छ।

६. कन्या र मेष : कन्या राशिका व्यक्ति प्राय शान्त स्वाभावका हुन्छन् र विवादबाट बच्न चाहन्छन्, त्यसैले धेरै जसो झगडा, विवादआदिबाट बच्न अर्कोको कुरा मान्ने गर्छन्। तर, यसको फाइदा मेष राशिले उठाउने गर्छ। यस्तो अवस्थामा मेष राशिलाई आफ्नो जोडीबाहेक अरु केही मान्दैनन्।

७. मकर र सिंह : हावी हुनु सिंह राशिको स्वाभाविक गुण भएका कारण मकर राशिका व्यक्तिलाई सम्बन्ध बिग्रने खतराको संकेत थाहा हुन्छ। यदि सम्बन्ध नबिग्रिएमा पनि यी दुई राशिबीच खुशीले बास पाउँदैन।

८. वृश्चिक र मिथुन : वृश्चिक राशिलाई हरेक चीज गहिराईबाट बुझ्ने बानी हुन्छ, जहाँ मिथुन राशिको व्यवहार एकदम रहस्यमयी हुने बताइन्छ। यस्तो अवस्थामा वृश्चिकलाई मिथुनप्रति विश्वास कम हुँदै जान्छ।

९.मीन र तुला : तुला राशिका व्यक्ति प्राय आफ्नो आवश्यकता पूरा गर्छ मीन राशिको आफ्नो जोडीमा निर्भर रहन्छन्। यद्यपी, मीनलाई यसप्रति खासै आपत्ति हुन्न, तर आँफूलाई तुला राशिका लागि आवश्यक रहेको ठान्ने भूल गर्छ र सम्मान नमिलेमा उनका लागि तनावको कारण बन्न सक्छ।

१०. धनु र कर्कट : कर्कट राशिलाई आफ्नो परिवार र घरसँग निक्कै लगाव हुन्छ, तर पनि धनुका लागि यसले समस्या उत्पन्न गराउँछ। धनु राशिका व्यक्ति सँधै नयाँ सिक्ने इच्छामा हुन्छन् र कर्कट राशिलाई सुझाव दिन एकदमै मनपर्छ। यद्यपी, कर्कट राशिको व्यवहार धनु राशिलाई अधूरो लाग्छ।

११. कुम्भ र कन्या : कुम्भ राशिका व्यक्ति थोरै स्वार्थी हुन्छन्, जहाँ कन्या राशिका व्यक्ति त्यागमयी हनुका कारण आवश्यकताभन्दा बढी आफ्नोभन्दा अरुको बारेमा चिन्ता गर्छन्। त्यस्तै, कन्या राशिले मनोविज्ञान पनि बुझ्छ, जो कुम्भ राशिको मनोस्थितिलाई बदल्ने प्रयत्न गर्छ।

१२. तुला र वृष : आर्थिक मामिलामा यी दुवै राशिबीच एउटै प्रकारको राय हुन्छ, तर यी दुवै राशि एक–साथ रहनु असम्भव जस्तै हो। वृष राशि पैसालाई लिएर खासै बहस गर्न मान्दैन, यस कारण तुला राशिका व्यक्तिलाई वृषको साथ निभाउँन गाह्रो हुन थाल्छ।