एजेन्सी / चिनियाँ राष्ट्रपति सी चिनपिङलाई स्वागत गर्न भारतमा तरकारी र फलफूलबाट स्वागतद्वार बनाइएको छ।तामिलनाडुको बागवानीले सीको स्वागतका लागि तरकारी र फलफूलले बनेको विशेष प्रकारको गेट नै निर्माण गरेको हो।

भारतीय समाचार संस्था एएनआईका अनुसार करिब २०० कर्मचारीले १० घन्टा लगाएर फलफूल र तरकारीले बनेको गेट निर्माण गरेका हुन्। जहाँ १८ किसिमको फलपूलको प्रयोग गरिएको छ।

चेन्नाइको नजिक ममल्लापुरममा मोदी–सीबीच शिखर बैठक हुने तय भएको छ। सीको स्वागतका लागि भारतमा पनि भव्य तयारी गरिएको छ। ठाउँठाउँमा पार्कहरु निर्माण गरिएका छन्।