धरान उपमहानगरपालिकामा रहेको महिला लक्षित बर्ग अन्र्तगतको बजेटबाट दुईदिने च्याउ खेती तालिम सम्पन्न भएको छ। ग्रामीणस्तरका महिलालाई उद्यमी बनाउन जनप्रेमी क्लबको आयोजना र धरान उपमहानगरपालिका कार्यालयको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।

धरान उपमहानगरपालिका १६का ४०जना महिलालाई २ दिने च्याउ खेतीसम्बन्धी तालिम दिईएको तालिमका सहजकर्ता चेतना एग्रीकल्चर प्रा.लि.का प्रमुख तीर्थ बहादुर कार्कीले जानकारी दिनुभयो।

तालिमका अर्का सहजकर्ता कृषि फर्म तरहराका रोग बिशेषज्ञ नबिन दंगालले महिलालाई व्यावसायिक र आत्मनिर्भर बनाउन तालिम प्रदान गरिएको र यसले आयआर्जनका काममा पनि सहयोग गर्ने बताउनुभयो।

सुनसरी जिल्लाका बजारमा च्याउको माग धेरै भएपनि त्यसअनुसारको उत्पादन हुन नसकेका कारण त्यसको माग पूर्तिका लागि तालिम सञ्चालन गरिएको आयोजक जनपे्रमी क्लबकी जयन्ती हुमागाईले बताउनुभयो।

तालिममा निरन्तर कृषि क्षेत्रमा काम गरेको भएपनि कृषि क्षेत्र त्यसमा पनि बिशेषगरी च्याउ खेतीबाट कसरी फाइदा लिन सकिन्छ,बालबच्चालाई पालनपोषण गर्न तथा घरायसी रुपमा आत्मनिर्भर बन्न सकिने बिषय आफुले सिकेको तालिममा सहभागी पार्वती बस्नेतले बताउनुभयो।