सुनसरी/ सन्तोष दाहालको स्वदेश गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। म्यूजिक भिडियो शनिवार दशैं फुलपातीको अवसर पारी रिजुम टिभी यू–ट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो।

झण्डै एक दशक अगाडी बजारमा आएको गीतको लामो समयपछि म्युजिक भिडियो तयार भएको हो। गायक दाहालकै स्वर, शब्द र संगीतमा तयार भएको गीतमा मेचीको कसम, कालीको कसम खाएर मेरो देशलाई धोका दिन्न भन्ने प्रतिवद्धता जाहेर गरिएको छ।

म्यूजिक भिडियोमा “नेपालका लागि नेपाली” अभियानका अभियन्ता ज्ञानेन्द्र शाही लगायतको अभिनय छ। महेश सिग्देलको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा पत्रकार सोम दियाली, शिव भट्टराईसमेतले अभिनय गरेका छन्। त्यस्तै उपेन्द्र श्रेष्ठ, जितेन्द्र सरदार, पारस घिमिरे, श्याम चौधरी, सुरेन प्यासी, प्रयास घिमिरे, सामना सिग्देल, आर्जु सिग्देलको समेत अभियन हेर्न सकिन्छ।

नेपालको चर्चित रमणीय स्थल धनकुटाको भेडेटार, सुनसरीको चतराधाम क्षेत्र, सुनसरीकै कोशी कटान क्षेत्रलगायतका विभिन्न ठाउँमा छायांकन गरिएको म्यूजिक भिडियोको छायांकन तथा सम्पादन बिजय राईले गर्नुभएको छ।

आफुले मेचीको पुलमा बसेर सिर्जना गरेको गीत एक दशक अघि नै म्यूजिक नेपालमार्फत बजारमा ल्याएको तर अहिले म्यूजिक भिडियो समेत गर्नुपर्ने आवश्यकता महसुस गरेर भिडियो तयार गरेको दाहालले बताउनुभयो।

अडियो नै धेरैले रुचाएको अव भिडियो पनि धेरैले मन पराउनेमा आँफुमा बिश्वास भन्दै दाहालले नेपालको ऐतिहासिक पृष्ठभूमिलाई गीतका शव्दमार्फत उतारेकोले गीतले ३ करोड नेपालीको भावनाको कदर गरेको बताउनुभयो।

१४ वर्षकै कलिलो उमेरमा गायन क्षेत्रमा प्रवेश गर्नुभएक दाहालका मिडिया रे मिडियामा, किन हुन्छ्यौ बिरानो तिमी, शहरले विगा¥योलगायतका गित बजारमा आएका छन्। प्रकाशित गित मध्य कायापलट एल्वममा समेत समाविष्ट भएको मेचीको कसम उहाँको दोश्रो म्यूजिक भिडियो हो। यस अघि किन हुन्छ्यौ बिरानो तिमीको म्यूजिक भिडियो सार्वजनिक भईसकेको छ।

हेर्नुहोस भिडियो :