भनिन्छ मान्छेहरु प्रेममा अन्धो हुन्छन । भनेर सायद हो पनि किन भने आफुलाई मन परेको मान्छेको हरेक कुरा एकदम राम्रो लाग्छ चाहे प्रेमी होस् या प्रेमिका आफुलाई मन परेपछि अरुले आफ्नो मान्छेको बारेमा जति जे सुकै भने पनि कसैको कुरा सुन्दैनन् । तर जति आफ्नो प्रेमी वा प्रेमिकासंग समय बितौदै जान्छन त्यतिनै उनीहरुको आनीबानीहरु थाहा हुदै जान्छ । त्यसैले पनि होला कति जोडीको सम्बन्धमा चिसोपना आउन थाल्छ ।र सम्बन्ध टुट्न थाल्छ ।

यदि तपाई राम्रो जीवन साथी छान्न चाहनुहुन्छ भने यी कुरामा ख्याल राख्नु अतिनै जरुरि छ:

प्रेममा विश्वास र भरोस हुनु
प्रेमी होस् या प्रेमिका हरेकको सम्बन्ध विश्वास र भरोसामा अडेको हुन्छ। यदि कुनै पनि सम्बन्धमा विश्वास र भरोसा छैन भने त्यो सम्बन्धको कुनै अर्थ हुदैन। त्यसैले कुनै पनि सम्बंध्घा जोडिनु भन्दा अगाडी एक अर्का प्रति विश्वास र भरोसा हुनु अतिनै जरुरि छ।

आफ्नो भन्दा बढी अरुको बारेमा सोच्ने
जुन सुकै सम्बन्धमा पनि सबै भन्दा पहिला आफ्नो भन्दा बढी अरुको बारेमा सोच्नु पर्छ किनकि तपाईको प्रेमी वा प्रेमिका आफ्नो बारेमा मात्र सोचछ भने त्यो सिधै स्वार्थीपना हो जसले गर्दा पछि गएर पछुताउनु पर्ने हुन्छ।

सकारात्मक सल्लाह प्रदान गर्ने
चाहे प्रेमी होस् या प्रेमिका एक अर्काको राम्रो कुराहरुमा जहिले पनि उत्साह थप्ने र सकारात्मक सल्लाह दिने खालको हुनु पर्दछ। किनभने तपाईहरु आफ्नो पार्टनरको कुरा सुन्नु भएन भने आफ्नै मन खुशी मात्र गर्नु भयो भने यो सम्बन्ध लामो समय सम्म टिक्न सक्दैन। त्यसैले यी कुरा मा ध्यान दिनु जरुरि छ।

एक अर्कालाई नियन्त्रणमा राख्नु हुदैन
तपाइको कुनै पनि सम्बन्धमा हरेक साना – साना कुरामा पनि नियन्त्रणमा राख्ने बनि गर्नु हुदैन। तपाईहरुको एक अर्काको सहमतिमा कुनै पनि कार्य गर्नु राम्रो हुन्छ। जसले गर्दा तपाइको पछि को भबिस्य उज्ज्वल बनाउन मद्दत गर्दछ।

समस्याको समाधान गर्नु
प्रेमी वा प्रेमिका एक अर्काको हरेक समस्याको समाधान चाहान्छ र दुवै जनाले समस्याको समाधान गर्नु पनि पर्दछ एकलौटीबाट कहिले पनि समस्याको समाधान हुदैन यदी उसले चाहेजस्तो समस्याको समाधान तपाईले गर्न सक्नुभएन भने त्यो सम्बन्ध पछि गएर नराम्रो हुन सक्छ।