काठमाण्डौ / एक समयका चर्चित चलचित्र जोडी अभिनेता राजेश हमाल र करिश्मा मानन्धर एकपटक फेरि जोडीको रुपमा देखिएका छन्।

‘चट्ट बसम देउराली’ बोलको गीतमाथि भनेको भिडियोमा यी दुवै जोडीको रुपमा प्रस्तुत भएका हुन्। भिडियोमा राजेश करिश्माको प्रेम पाउन प्रयास गरेको देखाइएको छ।

दीपक शर्माका शब्द, संगीत रहेको गीत भीम चापागाई र मेलिना राइले गायका हुन्। देवेन्द्र पाण्डेको निर्देशन तथा कोरियाग्राफी गहेको भिडियोमा अच्युत बजगाईंको सम्पादन रहेको छ।

हेर्नुहोस् भिडियो :