काठमाण्डौ / आज प्रविधिको युग। सबैको हात हातमा मोबाइल छ। हात हातमा मोबाइल नहुने मान्छे त बिरलै पाइछ आजकाल। मोबाइल फोन मानिसको जीवनको महत्वपूर्ण साथी नै बनिसकेको छ। हिजोआज मानिसको सबैभन्दा नजिक साथी नै मोबाइल बनेको छ।

पूजाआजा होस् या शौचलय जाँदा नै किन नहोस्, घरभित्र होस् या घर बाहिर नै किन नहोस्, सुत्दा होस् या उठ्दा नै किन नहोस् जहाँ जाँदा पनि मोबाइलको प्रयोग गर्नेहरु भेटिन्छन्।

मोबाइल प्रयोगको गर्नुका फाइदासंगै बेफाइदा पनि छ। मोबाइलको अत्यधिक प्रयोगले विभिन्न समस्या उत्पन्न हुने गर्छ। यसरी हरहमेशा मोवाइलमा झुण्डिरहने मानिलाई जुनसुकै बेला मोबाइलले असर पुर्‍याउन सक्छ। मोबाइलबाट निस्कने विकिरणले मानिसमा प्रजनन देखि स्वास्थ्यसम्म विभिन्न क्षेत्रमा असर गर्ने गरेको छ।

राती सुत्दा मोबाइल साथमा या सिरानीमा राखेर सुत्ने अधिकांस मानिसको बानी नै हुन्छ। तर मोवाइल फोनसँगै लिएर राति सुत्ने मानिसमा यसले नकारात्मक असर पार्ने चिकित्सकहरु बताउँछन्। अहिलेको नयाँ प्रविधिमा आएका स्मार्टफोनबाट दर्जनौं खतरा हुने भएकाले राति सुत्दा मोवाइल सिरानिमा राख्न नहुने चिकित्सकहरु सल्लाह दिन्छन्।

चीनमा अनुसन्धानमा जुटेका चिकित्सक तथा अनुसन्धानकर्ताहरुले मोवाइलको ब्याट्रीबाट सय भन्दा बढी विषालु ग्याँस निस्कने बताएका छन्। लिथियम–आयन ब्याट्रीबाट कार्बोन मोनोअक्साइड लगायतका अन्य निस्कने ग्याँसले आँखा, छाला तथा नाकमा जलन पैदा गर्ने र कालान्तरमा यसले मानिसलाई रोगि समेत बनाउन सक्ने बताइएको छ।

उनीहरुका अनुसार अहिले पनि धेरै मानिसहरु स्मार्टफोन आवश्यकभन्दा तातो हुने र खराब चार्जरले चार्ज गर्दा हुने खतराको विषयमा अन्जान छन्।

इन्स्टीच्युट अफ एनबीसी डिफेन्सका प्रोफेसर जी सनले भने, ‘आजकाल संसारभरीका मानिसहरु लिथियम आयन ब्याट्रिको प्रयोग गरिरहेका छन्। यस्तो अवस्थामा उनीहरुलाई यसको खतराको बारेमा पनि जानकारी हुन आवश्यक छ।’

प्राध्यापक सन र उनका सहयोगीले थुप्रै कारक तत्वको पहिचान गरेका छन् जसले विषाक्त ग्याँसको मात्रा बढाउन सक्छ। उदाहरणको लागि पूर्ण रुपमा चार्ज भएको एउटा ब्याट्रिले करिब ५० प्रतिशत चार्ज भएको ब्याट्रिभन्दा धेरै विषालु ग्याँस निकाल्ने गर्दछ।

तपाइले गर्ने यस्ता सानो गल्तीले पनि स्वास्थ्यमा विभिन्न समस्याहरु देखा पर्छन्। त्यसैले तपाइले सुत्नेबेला मोबाइल आफ्नो साथबाट टाढा राख्नु नै उचित हुन्छ। -एजेन्सी