काठमाण्डाै / सिनामंगल स्थित सडकमा कम चहलपहल थियो। मध्यान्हको घामका कारण मानिसहरु उतिसारो सडकमा थिएनन्। त्यही नजिकै रहेको एउटा औषधि पसलमा एक युवक पसलेसँग जोडतोडले कुरा गरिरहेका थिए।

‘जे पायो त्यहीं गफ दिने, ८ हजार तिरेको के काम’ उनी जङ्गिए। पसलले आफ्नो कुराम मनाउने प्रयास गरिरहेको थिए। ध्यान त्यतै केन्द्रीत हुन्छ। ति युवकले ८ हजार तिरेर यौन शक्ति बढाउने कफी किनेका रहेछन्। त्यसले काम नगरेपछि पैसा फिर्ता दिन पसलेसँग जोड गर्दै थिए। सो कफी पिएमा यौन क्षमता र चाहना दुबै बढ्ने र सोको प्रभाव १५ मिनेटमै देखिने भएपछि कफी खरिद गरेका थिए।

कफीको प्रभावको परीक्षण आफ्नै प्रेमिकालाई गरे तर कुनै असर देखिएन। उनको बुझाइमा प्रेमिका शारीरिक सम्बन्धका लागि तयार भइनन्। योजना सफल नभएपछि उनी पैसा फिर्ता माग्न आएका थिए। पसलेले बढी कुरा गर्ने भन्दै प्रतिवाद गरिरहेका थिए।

साझको सात बजेको थियो। सिरसिरे हावा चलिरहेको थियो। कोटेश्वरको एउटा फार्मेसीमा अन्दाजी १९ वर्षजतिको को एक किशोर ग्राहकले फामेर्सी पसलेसँगं कचकच गरिरहेका थिए। ‘साहुजी १०० एमजीको दिनु न’ उनले पसलेसँग भने ‘भाइ ५० एमजीकोभन्दा दिन मिल्दैन’ साहुजीले उत्तर फर्काए। तर, ति किशोर सो वाक्यांस दोहोराइरहेका थिए।

फार्मेसीवालाले ५० एमजीकोभन्दा दिन नमिल्ने बताउदै थिए। पछि कुरा बुझ्दा उनले यौन शक्ति वढाउने औषधि ‘भियग्रा’ मागिरहेका रहेछन्। उमेर सानै भएकाले १०० एमजीको दिन नमिल्ने पसलेको भनाइ थियो। किशोरले ५० एमजीकोले काम नगर्ने भन्दै १०० एमजीको मागिरहेका थिए।

यौनवद्र्धक औषधिले निम्त्याएको विकृति यी दुई प्रतिनिधि घटनाले यौनवद्र्धक औषधिको व्यवसायलाई प्रष्ट गर्दछ। सँगै, यसले निम्त्याएको विकृतिलाई पनि प्रतिनिधित्व गर्दछ। सहरी समाजमा झुक्काएर यौनवद्र्धक औषधि खुवाउंने र कामवासना पैदा गर्ने कुसंस्कृति हावी भइरहेको छ।

अर्कोतर्फ, भियग्राजस्ता यौनवद्र्धक औषधिको चरम प्रयोग बढिरहेको छ। यी दुई औषधि बजारमा देखिने विकृतीका प्रतिनिधि दृष्य मात्र हुन।

औषधि बजारमा दिनहुँ सेक्स पावर बढाउने औषधि ठूलो मात्रामा किनबेच हुंने गरेको छ। होटेल तथा गेस्ट हाउस धेरै भएका क्षेत्र र नयाँ बसपार्क वरपरका औषधि पसलको मुख्य कारोवार मध्ये यौनवद्र्धक औषधि पर्ने गर्दछ। विशेषगरी यस्ता औषधि कलङकी, नया बसपार्क, सिनामंगल, गौशला, रत्नपार्क लगायतका ठाउँमा ठूलो मात्रामा कारोबार हुने गरेको छ।

भ्रामक प्रचार :
दैनिकजसो पत्रपत्रिका तथा एफएमहरुबाट प्रकाशित र प्रकाशित हुने यौनजन्य विज्ञापनले यस्ता विकृतिलाई वढाउने विज्ञहरु पताउँछन्। यौन असन्तुष्टि, लिंगको लम्बाइ वढाउने, लिंग कडा पार्नेदेखि खडा पार्ने, यौनीको आकार मिलाउने, यौन सन्तुष्टि वढाउने, लामो समयसम्मको सहवासका लागि औषधिहरु उपलब्ध छन् भन्ने भ्रामक विज्ञापनहरु दैनिकरुपमा प्रकाशन प्रशारण हुने गर्दछन्। त्यसको प्रभावले र गोप्य रुपमा आफ्नो साथीलाई यौन उत्तेजनामा ल्याउनको लागि यस्ता औषधिहरुको विकृती वढिरहेको छ।

विज्ञापनको पछि लागेर युवाहरुले हजारौ रुपैयाँ खर्च गरेर पनि यस्ता औषधि खरिद गर्ने गरेको भेटिएको छ। यता खुलेआम औषधि पसलेहरुले यस्ता औषधिलाई बेचिरहेका हुन्छन्।

उनीहरुले ग्राहकको अनुहार हेरेर औषधीको मूल्य तोक्ने गरेको भेटिएको छ। यौन प्यास मेट्न तथा आफ्नो स्वार्थ पूरा गर्न उनीहरु महिलालाई ‘फायर’ बनाउने भन्दै सेक्स पावर बढाउने भियग्रालगाएतका औषधि खरिद गर्छन। पछि यस्ता औषधिले काम नगरेपछि पैसा त गयो, आपराधिक मनोविज्ञानका कारण जिन्दगी पनि जाने गरेको छ।

कसरी काम गर्छ यो औषधिले :
यौन रोग विशेषज्ञ बद्रीप्रसाद भट्राईका अनुसार औषधि कम्पनीले उत्पादन गरेका सेक्स पावर बढाउने औषधिहरुमा ‘सिलडेनाफिल सिटरेट’ भन्ने तत्व हुन्छ। जुन तत्वले मानिसको रगत नलीहरुमा रागतको प्रवाह वढाएर लिङगलाई फुलाउने काम गर्दछ। औषधिले यौन अंगलाई कडा बनाउने काम गर्दछ।

जसको कारण मानिसमा मरेर गएको यौन चाहना पुनः जीवित हुन्छ। उनी भन्छन् ‘सेक्स पावर बढाउने औषधिको नाममा बजारमा दर्ता बिना नै बिक्री भएका औषधीले कसरी काम गर्छ भन्ने र त्यसको असर के हुन्छ भन्ने जानकारी नै हुँदैन। तर, औषधि कम्पनीले उत्पादन गरेका औषधिहरु अनुसन्धान गरेर निकालेको हुन्छ, डाक्टरको सल्लाह अनुसार खानुपर्छ।’

औषधि कस्ता कस्ता
अहिले नेपाली बजारमा सेक्स पावर बढाउने औषधि छ्याप्पछ्र्याप्ती पाइन्छन्। औषधि कम्पनीहरुले ५० र १०० एमजीको ट्याबलेटमा यस्ता औषधीहरु निकालेका छन्। यस्तो औषधिहरु यौन दुर्वलता भएका बयस्कहरुको लागि थोरै मात्रामा खानु पर्ने चिकित्सकहरु बताउछन्। यो औषध खरिद बिक्रीको पक्रिया हेर्दा त्यसको ठीक बिपरित देखिएको छ। बजारमा भिएग्रा, मेडिग्रा, सिलेग्राजस्ता औषधिहरु आधिकारिक रुपमा दर्ता भएर आएका छन्। तर, बजारमा छ्याप्पछ्र्याप्ती पाइने अन्य औषधीहरु दर्ता नै भएका छैनन्।

युवतीहरुलाई खुवाउने चुईगम, कफी, चकलेट युवाहरुले जति पनि मूल्य तिरेर लाने गरेको देखिएको छ। कफी र चकलेट मात्र होइन आजकाल बजारमा केटाहरुको लिङगमा प्रयोग गर्ने मलम, स्प्रे, तेल, क्याप्सुललगायतका औषधिहरुले बजार तताएको छ। तर, ती औषधि प्रायः जसो अबैध रहेको पाइएको छ। सिनामंगलमा फार्मेसी पसल संचालन गरेर बसेका पवन केसी भन्छन् ‘अधिकाशं युवाहरु आफ्नो प्रेमिकासंग सेक्सको कुरा खुलेर गनै सक्दैनन तर आफ्नो चाहना पूरा गर्नैका लागि जतिपनि मूल्य तिरेर यस्ता औषधि लाने गर्छन।

उनीहरुलाई आधिकारिकताको मतलब नै हुँदैन।’ औषधि पसलमा पाईने यस्ता सेक्स पावर बढाउने औषधिहरुको मूल्य अचम्म लाग्दो छ। काम गर्ने नगर्ने कुनै ग्यारेन्टी छैन तर मुल्य न्युनतम २ सयबाट शुरु भएर १० हजार भन्दा माथिको रहेको छ। तैपनि यस्ता औषधिको माग अन्य औषधिकोभन्दा उच्च रहेको छ।

अविवाहितले बढी प्रयोग गर्ने :
सेक्स पावर बढाउने औषधि सामान्यतया यौनदुर्बलता भएका बयस्क महिला तथा पुरुषले प्रयोग गर्छन। तर फार्मेसीमा यस्ता औषधिका बिक्री विवाहितभन्दा अविवाहित युवाहरुले बढी मात्रामा खरिद गरेको पाईन्छ। बानेश्वरमा फामेर्सी सञ्चान गरेर बसेका दिपक घिमिरे भन्छन ‘प्रायजसो यस्तो औषधि किन्न युवाहरु नै आउछन, हप्तै पिच्छे किनेर लान्छन्।’ उनीहरुको मागअनुसार हामी यस्ता औषधिहरु मगाउछौ, यसमा हाम्रो कुनै दोष हुने कुरै भएन।’

ग्राहक कस्ता कस्ता :
अधिकाशं औषधि पसलमा यस्ता औषधि किन्न आउनेहरु बयस्क भन्दा युवाहरु नै नै पाईएको छ। बयस्कहरु औषधि कम्पनीले उत्पादन गरेको औषधि बढी प्रयोग गर्ने भेटिएको छ। तर युवाहरु भने आफूलाई भन्दा केटीहरुलाई झुक्क्याएर खुवाउन सेक्स पावर बढाउने कफी, चुईगम, चकलेटहरु किनेर लैजाने देखिएको छ। चाहाविलमा फार्मेसी सञ्चालन गरेर बसेका एक फार्मेसी सञ्चालक भन्छन ‘बयस्कहरुभन्दा कलेज पढ्ने केटाहरुले यस्तो औषधि लान्छन, त्यसको साथसाथै सवारी मजदुरहरु, व्यापारी, लज तथा गेष्ट हाउसका मालिकहरुले पनि बिक्री गर्ने उद्देश्यले यस्तो औषधि लान्छन।’ उनी थप्छन ‘ केटाहरुले यस्तो औषधि लानु त अहिले सामान्य भईसकेको छ, कहिलेकाही यस्तो औषधि लिन युवतीहरु तथा गृहणीहरु नै आउने गर्छन।’

कस्ता व्यक्तिले खाने हो यो औषधि :
सेक्स पावर बढाउने औषधि सामान्यतया यौन दुर्बलता भएका वयस्क मानिसहरुको लागि उत्पादन गरिएको हुन्छ। डाक्टर भट्टराईका अनुसार यस्तो औषधि समबन्धित बिशेषज्ञको सल्लाह बिना खान मिल्दैन। डाक्टरले रोग पहिचान नगरी यस्तो औषधि खाएमा निकट भविष्यमा गम्भिर असर पर्न सक्छ। उनी भन्छन ‘यस्तो औषधि समबन्धित विषयको डाक्टरको पुर्जा बिना बेच्न मिल्दैन तर यहाँ मनपरि छ।

अबैध औषधिसमेत बिक्री भएको छ, जुन औषधि भित्र के छ त्यसको ? असर र परिणाम कसैलाई थाहा नै छैन।’ उनको अनुसार कसलाइ के आवश्यक छ, त्यो डाक्टरले छुट्याउने हो। कुन उमेरमा कस्तो रोग लाग्छ र कती मात्रामा कुन औषधि प्रयोग गर्ने डाक्टरको सल्लाह लिने हो। सेक्स जस्तो सम्बेदनशिल विषयको औषधि चाउचाउ चकलेट खाएजस्तो हावा तालमा खाने होइन। अनि, कसैलाई गलत नियतले खुवाउने पनि होइन किनकि यसले दिर्घकालिन रुपमा खतरा निम्त्याउछ।

के असर गर्छ यो औषधिले सामान्यतया मानिसलाई ज्वरो नआइकन सिटामोल खायो भने मात्र पनि त्यसले असर गर्छ। मानिसलाई आवश्यक नै नभएको औषधि चकलेट सरह खादाँ असर त पर्ने नै भयो। डाक्टर भटट्राई भन्छन ‘यस्तो औषधिहरु सामान्य मानिसले खादाँ छाती पोल्ने, वाकवाकी लाग्ने, रिङगटा लाग्ने, बेहोस हुने जस्ता तत्कालिन असर देखापर्छ।

तर, दिर्घकालिन रुपमा यसको खतरा डरलाग्दो छ। उनका अनुसार यस्ता औषधि सामान्य मानिसले प्रयोग गर्दा भविष्यमा यौन दुर्बलता हुने, पुरुषहरु नपुशंक हुने तथा महिलाहरुमा बाझोपन बढ्ने खतरा हुन्छ। ‘यस्ता औषधिको प्रयोग बानी पर्दै गएमा पछि गएर यौन जीवनमा नकरात्मक असर पर्छ।’ डाक्टर भट्टराई भन्छन ‘त्यसका साथसाथै विभिनन्न यौन तथा यौनजन्य रोग लाग्ने खतरा समेत उत्पन्न हुन्छ।’  -एजेन्सी