एजेन्सी / दिनभरीको व्यस्तता पछि पनि रातमा निद्र्रा नपरेको दुखेसो सुन्ने गरिन्छ। शारीरिक तथा मानसिक दुवै कारणले रातमा निद्रा नपर्ने समस्या हुनसक्छ। तर, यसका साथै बास्तु शास्त्रले पनि रातमा निन्द्रा नपर्नुको कारण उल्लेख गरेको छ। सो शास्त्रको अनुसार हामीले गर्ने केहि गल्तीका कारण हामीलाई राम्रोसँग निन्द्रा लाग्दैन।

बास्तु शास्त्रका अनुसार सुत्ने कोठामा वा विस्तारा नजिकै राखिने केही सामानहरुले पनि हाम्रो निन्दा बिगारिरहेका हुन्छन्।

जुत्ता–चप्पल
सुत्ने समयमा सधैँ आफ्ना जुत्ता–चप्पल कोठाभन्दा बाहिर राख्नुपर्छ। यदि जुत्ता वा चप्पल आफ्नो विस्तारानजिकै राख्नुभयो भने तपाईंमा नकारात्मक उर्जा पैदा गर्छ।

पानीको जग
सिरानी नजिकै पानीको जग राख्ने प्रचलन नै छ। यस्तो गर्दा मानसिक रोगको शिकार हुने बास्तु शास्त्रमा उल्लेख गरिएको छ। पानीको भाँडा सिरानीमा राख्दा चन्द्रमा प्रभावित हुने र स्वाभावमा परिवर्तन गरेर रिसाहा प्रवृतिको हुने बताइन्छ।

तेल
सुत्ने समयमा कुनै पनि प्रकारको तेल आफ्नो साथमा राख्नुहुँदैन। यसो गर्दा जीवनमा अनेक समस्या र उल्झनहरु आइपर्छन्।

ऐना
पति–पत्नीको बिस्तारा नजिकै ऐना राख्नुहुँदैन। यसले शारीरिक रोग पैदा गर्छ। साथै, पति–पत्नीबीच अनावश्यक मनमुटाव हुन्छ। नवविवाहित जोडीले कहिल्यै पनि आफ्नो कोठामा ऐना राख्नुहुँदैन।

मोबाइल/ल्यापटप
मोबाइल र ल्यापटप सुत्नुअघि नै आफूभन्दा केहि पर राख्नुपर्ने बताइन्छ। बास्तु शास्त्रले पनि मोबाइल र ल्यापटपले राहु दोष पैदा गर्ने र यसले मानिसमा असर गर्ने उल्लेख गरेको छ।