नेपाली हट एण्ड ग्याल्यमरस नायिका हुन् सुरविना कार्की। अहिले उनी मुम्बईमा रहँदै आएकी छिन्। उनी केही दिनमा नै नेपाल फर्किदैं छिन्।

नेपाली कलाकारहरु अहिले बलिउड चलचित्र तिर आकर्षित हुँदै गैरहेका छन् र थुप्रै उदारण पनि रहेका छन् नायिका अदिती बुढाथोकी, जेनिसा केसी, श्रृष्टी श्रेष्ठ र यति बेला नायिका सुरविना कार्की पनि बलिउडतिर फट्को मरिरहेकी छिन्।

उनले आफ्नो अभिनय र लोभ लाग्दो सुन्दरताले विश्वभरका युवाहरूलाई लठ्ठ बनाएकी छिन् भने उनी विविध कारणले मिडियामा छाइरहेकी हुन्छिन्। कहिले उनको सुन्दरताको कारण ,कहिले उनको ड्रेसले गर्दा भारतीय लगायत नेपाली मिडिया र सामाजिक सञ्जालमा भाइरल भएकी हुन्छिन।

सुरविनाले मुम्बईमा रहेर एउटा विज्ञापनमा काम गरिसकेकी छिन्। साथमा, सोनी टेलिभिजनबाट प्रसारण भएको ‘दिल हि तो हे’मा समेत काम गरिरहेकी छिन् साथै उनी ‘जेली विन्स एजेन्सी’सँग आबद्ध भएर पनि काम गरिरहेकी छिन्।

 हेर्नुहोस् फोटो फिचर: