एजेन्सी /  दक्षिण भारतीय (साउथ इण्डियन) चलचित्र हेर्ने जो-कोहीका लागि पनि सु-परिचित नाम हो – कीर्ति सुरेश। साउथ चलचित्र हेर्ने तर कीर्तिलाई मन नपराउने दर्शक सायदै छैन होला। उनको लोभ लाग्दो सुन्दरता र मुस्कानले करोडौँ युवाहरू लठ्ठ भएका हुन्छ। सन् २००० मा आएको मलायलम चलचित्र ‘पिलोट्स’ बाट उनले बलिउड चलचित्रमा डेब्यु गरेकी थिइन्।

उनले प्राय तमिल, मलयालम र तेलुगु चलचित्रहरूमा देखिन्छिन्। उनले अभिनय गरेका मलयालम चलचित्र (२००२)’कुबेरण’ , (२०१३) ‘गीथान्जली’, (२०१४) मा ‘रिंग मास्टर’ , (२०१५)मा ‘दर्बोनी’ लगायत चलचित्रले दमदार कलेक्सन गरि सकेका छन्।

तामिल र तेल्गु चलचित्र २०१५ मा ‘इधु एन्न मायम’ २०१६ मा ‘नेनु सैलाजा’,’राजिनी मुरुगन’, ‘थोदारी सरोज’, ‘रिमो’,’संदकोज्ही २’, ‘सरकार’ लगायत चलचित्र सुपरहिट भइसकेका छन् भने उनको अभिनय, सुन्दरता र मुस्कानले गर्दा सबै दर्शकको मन मुटुमा राज गर्न सफल छिन्। उनको अफ कामिन चलचित्र ‘मन्मधुदु २’, ‘मरक्कर र हिन्दी चलचित्र ‘मैदान ‘ भने हेर्न बाँकी नै छ।

हेर्नुहोस् फोटोफिचर: