काठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस फगत तामझामका लागि मात्रै नभइ नेपालीको विशेष दिन भएको बताउनुभएको छ।

संविधान दिवसका दिन टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको धारा, दफामा के पायौँ के पाएनौँ भनेर किचलो गरेर बस्नुभन्दा पनि कहाँ के मिल्दैन त्यो सच्याउँदै अघि बढ्न सकिने बताउनुभयो। 

उहाँले नमिलेका संविधानको धारा दफा सच्चाउँदै अघि बढ्ने प्रतिबद्धता पनि जनाउनुभयो। आजको दिन कुनै उर्दी र तामेली दिए जस्तो नभई प्राप्त उपलब्धिप्रति गर्व गर्ने उत्सव रहेकाले सबैले उत्साहका साथ दिवस मनाउन आग्रह पनि गर्नुभयो।