इटहरी / यौनका सन्दर्भमा प्रायः सबैमानिसमा समान स्तरको चासो हुन्छ। खासगरी पुरुषमा महिलाहरुको यौनांगसम्बन्धी चासो भए पनि समाजमा यो विषयमा खुल्ला चर्चा वर्जित मानिएकाले महिलाहरुको योनांकका कतिपय तथ्यका सम्बन्धमा पुरुषहरु अनभिज्ञ नै हुन्छन्। महिलाहरुको यौनांग निकै संवेदनशील तथा महत्वपवूर्ण अंग हो। सम्भोगको सन्तुष्टिदेखि गर्भाधान र सन्तान जन्माउने यो अंगका विषयमा केही तथ्यः 

महिला यौनांग अर्थात् योनिलाई अंग्रेजीमा भेजाइना भनिन्छ। ल्याटिन भाषामा यसको अर्थ तरबारको म्यान हुन्छ । 

योनिको औसत आकार ३ देखि ४ इन्च मात्र हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यो २ सय प्रतिशतसम्म बढ्छ। 

योनिमा आफ्नो सफाई आफैं गर्ने प्रणाली हुन्छ। 

योनिमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन विद्यमान हुन्छ। यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ। 

योनिको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार स्नायु हुन्छन्, जबकि पुरुषको लिंगमा त्यस्ता स्नायु चार हजार मात्र हुन्छन्। 

एक घण्टाभित्र एउटी महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि प्राप्त गर्न सक्छन्। पुरुषले भने सोही अवधिमा बढीमा १६ पटकसम्म मात्र चरम सन्तुष्टि प्राप्त गर्न सक्छन्। 

योनिको भित्री भित्ता अन्य अवस्थामा खुम्चिएको हुन्छ भने सम्भोगका बेला उक्त भित्ता छाता जस्तै खुल्छ। 

योनिमा सयौं किसिमका ब्याक्टेरिया हुन्छन्। योनिमा पाइने केही ब्याक्टेरिया दहीमा समेत पाइन्छन्। 

योनिको वरिपरि यौन केश (रौं) को औसत आयु ३ साता हुन्छ। जबकि मानिसको टाउकाको केशको आयु ७ वर्ष हुन्छ। यो जानकारी साप्ताहिकबाट लिइएको हो।