काठमाण्डौ / पछिल्लो समय पोर्न हेर्नेहरुको संख्या बृद्दि हुँदै गइरहेको विभिन्न तथ्यांकले देखाएको छ, तर अश्लिल चलचित्र हेर्नु हानिकारक हुन्छ, यसले जीवनमा ठुलो समस्या निम्त्याउन पनि सक्छ, त्यो तपाईंको लागि घातक हुन सक्छ।

एक अनुसन्धानका अनुसार जसले पोर्न फिल्मबढी मात्रामा हेर्छन् उनीहरुको जीवनमा रोमान्स कम हुँदै जान्छ। उनीहरुलाई डेट, कसैसँगको भेटघाट र रमाइलोले खासै असर पर्दैन किन भने उनीहरुले यी सवैमा भन्दा पोर्न हेर्न मै आनन्दको महशुस गर्छन्।

अनुसन्धानका अनुसार स्थिती त्यतिबेला खराब हुनसक्छ जब तपाईंलाई डेटिङमा जानुभन्दा पोर्न हेर्न राम्रो लाग्न थाल्छ। यस्तो अवस्थामा तपाईंको आत्मविश्वास खस्किने गर्दछ र तपाईं आफूलाई अरुभन्दा भिन्न पाउनुहुन्छ। यसले तपाईंको सम्बन्धमा नकारात्मक असर पुर्याइरहेको हुन्छ।

३ सय ५० पुरुष र ३ सय ३६ महिलामाथि गरिएको यो सोध जर्नल अफ सेक्स रिसर्चमा प्रकाशित भएको थियो। आफूलाई चाहेर पनि पोर्न हेर्न रोक्न सक्नुहुन्न भने तपाईंलाई पोर्नको लत लागेको बुझ्नुपर्ने अनुसन्धानले बताएको छ।

अनुसन्धान भन्छ, ‘स्थिती त्यतिबेला भयानक बन्ने गर्दछ जब तपाईंलाई पोर्न हेर्नु राम्रो होइन भन्ने थाहा हुँदा हुँदै पनि आफूलाई यसबाट टाढा राख्न सक्नुहुन्न। यस्तो स्थितीमा तपाईंको आत्मविश्वास खस्किन थाल्छ। ’

यदि तपाईंलाई पोर्न हेरेपछि हिनताबोधको भावना पैदा हुन्छ र तपाईं तनाव लिनुहुन्छ भने यसको प्रत्यक्ष असर तपाईंको सम्बन्धमा पर्ने गर्दछ । जसले तपाईको जीवन नै ववार्दद हुनसक्छ। - एजेन्सी