मोरङ / मोरङको पथरीशनिश्चरे १ मा भगवती खडकाले ४ दिनअघि बिराटनगरस्थित नोबेल अस्पतालमा पहिलो पटक २ छोरी र एक छोरा गरी ३ सन्तानलाई जन्म दिएकी हुन।

उनका ३ जना सन्तान र आमाको अबस्था समेत सकुशल रहेको छ। भगवतीका श्रीमान मनोज बैदेशिक रोजगारीका क्रममा रहेका छन। भगवतीका काका सञ्चारकर्मी समेत रहेका कुमार खड्काले परिवारमा पहिलोपटक ३ जना सन्तान जन्मिएकोमा खुसी सँगै आफुलाई समेत आश्चर्य लागेको बताउनुभएको छ।

उहाँका अनुसार आमा र बच्चा दुबैको सवास्थ्य समेत सकुशल रहेको छ। अस्पतालले समेत राम्रो हेरचाह गरेका कारण हाल कुने समस्या नरहेको र केही दिनमै उनीहरुलाई घर ल्याउने तयारी रहेको खडकाले जानकारी दिनुभयो।