सुनसरी / इटहरीमा भेटानकप फूटसल प्रतियोगिता हुने भएको छ। प्रत्येक बर्ष बडा दशैको अवशरमा फूटबल गराउदै आएको इटहरीको द योङ ब्रदर्श क्लबले आगामी अशोज १२ गतेदेखी पूर्वाञ्चल स्तरिय भेटान कप फूटसल हुने भएको हो।

एक सातासम्म चल्ने प्रतियोगतामा एक नम्बर प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुरका १६ वटा टिमको सहभागीता रहने क्लबका अध्यक्ष बिकास केसीले जानकारी दिनुभयो। बिजेतालाइ ४० हजार रुपैँया नगदसहित शिल्ड तथा उपबिजेतालाइ २० हजार रुपैँया नगदसहित शिल्ड प्रदान गरिने केसीले जानकारी दिनुभयो।

सहभागी टिम अझै बढ्ने भएकाले प्रत्येक दिन दुइ वटा खेल खेलाइने बताइएको छ। प्रत्येक बर्ष दशैमा बिभिन्न सास्कृतिक कार्यक्रम र फूटबल गराउदै आएको क्लबले फूटसलमा देखिएको बढ्दो क्रेजलाइ मध्यनजर गर्दै यस बर्ष भेटान कप फूटसल गर्न लागिएको क्लबका अध्यक्ष केसीले बताउनुभयो।