इटहरी / ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्रा्ष्ट्रिय साक्षरता दिवसका अवसरमा इटहरी उपमहानगरले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाउने ब्यक्तित्वहरुलाई सम्मान गरेको छ। इटहरी उपमहानगर शिक्षा, युवा तथा खेलकुद महाशाखाले एक कार्यक्रमका विच उत्कृष्ठ विद्यार्थी, शिक्षक, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षासेवी, सेवा निवृत शिक्षक लगायतलाई सम्मान गरेको हो। 0 (2) 4

शिक्षासेवी जगदिश ओलीलाई सम्मान गरिएको छ। यसैगरि उत्कृष्ठ विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राष्ट्रिय मावि इटहरीका अध्यक्ष ज्ञान वहादुर विश्वकर्मा, ज्योति मावि इटहरीका प्रधानाध्यापक भैरव सापकोटा र गोपाल पराजुली जब्दि मावि इटहरीका प्रधानाध्यापकलाई सम्मान गरिएको छ। त्यसैगरि एसइइ २०७५मा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीहरु दिपेश घिमिरे,स्मिता दनुवार,जेनिशा मिश्र, आशिष दाहाल र सम्पदा निरौलालाई पुरस्कृत गरियो। कार्यक्रममा ६ जना अवकास प्राप्त शिक्षक र ९ जना अवकास हुन लागेका शिक्षकलाई सम्मान गरिएको छ। सो अवसरमा शैक्षिक झलक २०७६ विमोचन गरिएको छ। 0 (4) 1

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद सर्वध्वज साँवा र उपमहानगर प्रमुख द्धारिकलाल चौधरीले शैक्षिक झलक पुस्तकको लोकापर्ण गर्नुभयो। शैक्षिक झलकमा इटहरीको शिक्षा क्षेत्रको सम्पूर्ण जानकारी समेटिएको छ। कार्यक्रममा शिक्षामहाशाखा प्रमुख कुमारी अम्विका शाहले इटहरीमा ८६ दशमलव दुई पाँच प्रतिशत साक्षर रहेको जानकारी दिनुभयो। उहाँका अनुसार सवैभन्दा वढि वडा नम्वर ६ मा ९४ दशमलव दुई तीन प्रतिशत र सवैभन्दा कम १५ नम्वर वडामा ६४ दशमलव ४ प्रतिशत साक्षर रहेका छन। 0 4

दिवसका अवसरमा विहान इटहरी उपमहानगरमा प्रभातफेरी गरिएको छ। प्रभातफेरीको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले सुरुवात गर्दै देश विकासको मुल आधार शिक्षा नै हो भन्नुभएको छ।