खोटाङ / खोटाङको रुपाकोट मझुवागढी नगरपालिका २ साकेला थानकी ३६ बर्षीया देविका राईको श्रीमानको धारिलो हतियार प्रहारबाट ज्यान गएको छ।

बिहिवार राती साँढे ७ बजे घरायशी बिबादका कारण मृतककै श्रीमान ३५ बर्षीय सिताराम राईले धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गर्दा गम्भीर घाईते भएकी राईको उपचारको क्रममा जिल्ला अस्पताल दिक्तेलमा राती साँढे ८ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ। - फाइल तस्विर