खोटाङ / खोटाङमा कुटपिटबाट संजय राईको ज्यान गएको छ। खोटाङको बाराहापोखरी गाउँपालिका घर भएका १८ वर्षीय राईको कुटपिटबाट ज्यान गएको हो।

मंगलबार राति चारजनाको कुटपीटबाट गम्भीर घाइते भएका राईको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।

कुटपीटमा संलग्न दुईजनालाई मंगलबार राति नै महानगरीय प्रहरी प्रभाग कपनले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ भला नगरपालिका ३ का १७ वर्षीय अजय राई र सोलुखुम्बुका १८ वर्षीय सागर बस्नेत रहेका छन्।

कुटपीटमा संलग्न दुईजना भने अझै फरार रहेका छन्। उनिहरुको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ।